झापा- शिवसताक्षी नगरपालिका-१, धरमपुरमा आज बिहान दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ना३ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सहचालक छन्। सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।
उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरेको ना६ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो। सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो।