मंगलबार, असार ३०, २०८३

झापामा दुई ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

शिवसताक्षी नगरपालिका-१, धरमपुरमा आज बिहान दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

 झापा- शिवसताक्षी नगरपालिका-१, धरमपुरमा आज बिहान दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ना३ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सहचालक छन्। सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।

उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरेको ना६ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना३ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो। सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो।

प्रकाशित: Feb 03, 2023| 11:34 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।