बैतडी- डडेल्धुराका युवक बैतडीमा मृत फेला परेका छन्। बैतडीको पाटन नगरपालिका-६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका हुन्।
डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ का २७ वर्षीय पदमराज अवस्थी मृत फेला परेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
बिहीवार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै रहेको छ। अवस्थीका घरपरिवार आएपछि मात्रै घटनास्थलको काम हुने प्रहरीले जनाएको छ। उनको कसरी मृत्यु भयो भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।