बिहीबार, भदौ १२, २०८२

नेपालमा रहेका मलेसियाका गृह मन्त्रीको यस्तो छ भेट तालिका

नेपालको प्रमुख श्रम गन्तव्य देश मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइल काठमाडौं आइपुगेका छन्।
 |  शुक्रबार, माघ २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

vianetvianet

काठमाडौं- नेपालको प्रमुख श्रम गन्तव्य देश मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइल काठमाडौं आइपुगेका छन्। 

Kumaribank

उच्चस्तरीय टोलीको नेतृत्व गर्दै गए राति काठमाडौं आइपुगेका मन्त्री इजमाइलले आज शुक्रबारदेखि औपचारिक भेटवार्ता गर्दै छन्। यो भ्रमणका क्रममा नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल केन्द्रित हुनेछ।

गृह मन्त्री इजमाइलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। मन्त्री इजमाइलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ।

कोरोना महामारीका कारण बन्द भएका कम्पनीहरू खुल्न थालेका र नयाँ कम्पनीहरू समेत सञ्चालनमा आएपछि अहिले मलेसियामा श्रमिकको अभाव भइरहेको छ। यसका साथै फरेन इप्लोइमेन्ट रिल्याक्सेसन प्लान पनि मलेसियन सरकारले ल्याएको छ। 

कार्यक्रमअन्तर्गत मलेसियाले आफ्नो श्रम बजारमा नेपालसहित विभिन्न १५ देशबाट पाँच लाख श्रमिक लैजाने छ। नेपाल र मलेसियाबीच शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी श्रम सम्झौता भए पनि पछिल्लो समय मलेसिया जाने श्रमिकले लाखौँ रुपैयाँ तिर्नु परिरहेको छ। गएको पुस महिनामा मात्रै २० हजारभन्दा धेरै नेपाली रोजगारीका लागि मलेसिया पुगेका छन्।

Metro Mart

प्रकाशित: Feb 03, 2023| 10:10 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...