शनिबार, वैशाख १९, २०८३

रौतहटमा सामान्य विवादमा छोराले गरे बुबाको हत्या

घरायसी विवादमा रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन्।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

रौतहट- घरायसी विवादमा रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन्।

National life

राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको छ।

बाबु र छोरा प्रकाशबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेका थिए। बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ।

घटना लगत्तै इलाका प्रहरीका डिएसपी सन्तुप्रसाद जैसवार राईको घर पुगेर छोरा प्रकाशलाई नियन्त्रणमा लिएका थिए। मृतक राईको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको छ।

प्रकाशित: Feb 03, 2023| 09:55 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।