काठमाडौं- पूर्व प्रधानसेनापति रुक्मांगद कट्वाल सैनिक अस्पताल भर्ना भएका छन्।
दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनी स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका हुन्।
७५ वर्षीय कट्वाल पछिल्लो समय मिर्गौलासम्बन्धी समस्याका कारण पीडित छन्। हप्तामा दुई दिन उनको डायलासिस हुँदै आएको छ।