मंगलबार, वैशाख १५, २०८३

आन्तरिक उडानमा थप पाँच नियम

आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणले बताएको छ।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

काठमाडौं- हवाई दुर्घटना न्यूनीकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँचवटा नयाँ नियम जारी गरेको छ। आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणले बताएको छ।

National life

नयाँ नियमअनुसार भिजुअल फ्लाइट रुल्स (ककपिटबाट पाइलटले आँखाले हेरेर उडान भर्ने नियम)अनुसार हाल दैनिक १० घण्टा र १० उडान गर्न पाउने प्रावधान रहेकोमा अब एक जना पाइलटले दिनमा आठ घन्टा र बढीमा आठवटा मात्र उडान गर्न पाउनेछन्।

त्यस्तै जहाज अवतरण गर्दा जमिनबाट एक हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न पाउँदैनन्। पहाडी क्षेत्रमा हुने सर्ट टेक अफ एन्ड ल्यान्डिङ (स्टल) उडान गर्दा जहाज जमिनको सतहबाट सधैँ पाँच सय फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा जमिनको सतहबाट कम्तीमा एक हजार फिटमाथि हुनुपर्नेछ।

वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलट (आईपी)ले जहाज उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने, इन्स्टुमेन्टल फ्लाइट रुल्स (यान्त्रिक उपकरणको मद्दतबाट हुने नियम)अनुसार उडान हुने विमानस्थलमा भिजुअल फ्लाइट रुल्स उडान गर्न नपाउने भएका छन्। अहिले आईएफआर उडान हुने विमानस्थलमा समेत भीएफआर उडान तथा अवतरण भइरहेका छन्।

जारी नयाँ  नियममध्ये  केही तत्काल कार्यान्वयनमा आउनेछन् भने केही आगामी गृष्मकालीन मौसम लागेसँगै कार्यान्वयनमा आउने प्राधिरकरणको भनाइ छ।

kumari

प्रकाशित: Feb 03, 2023| 07:40 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।