आइतबार, चैत १५, २०८२

जर्सी नम्बर ७ लगाउने महान सात खेलाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- इतिहासदेखि हालसम्म प्रायजसो जर्सी नम्बर ७ महान खेलाडीलाई प्रदान गर्ने गरिएको छ । तर, हाल प्रायजसो जर्सी नम्बर ७ सेन्टर फरवार्डलाई प्रदान गरिएको देखिन्छ ।

यस रिपोर्टमा हामी विश्व फुटबलका सात त्यस्ता खेलाडीहरूलाई प्रस्तुत गर्दैछौं, जसले जर्सी नम्बर ७ लगाउँदै यसको महत्व बढाएका छन् ।

७) एन्ड्रिय सेभचेन्को

एन्ड्रिय सेभचेन्को फुटबल इतिहासमा सात नम्बर जर्सी लगाउने खेलाडीमध्ये सातौं नम्बरमा परेका छन् । उनी युरोपमा सबैभन्दा घातक स्ट्राइकरमध्येका एक हुन् ।

एक उत्कृष्ट अलराउन्डर तथा सेन्टर फरवार्ड एन्ड्रिय सेभचेन्को एक मिहिनेती, मजबुत र नैतिकवान थिए । उनले एसी मिलानका लागि तीन सय २२ खेल खेले, त्यसक्रममा एक सय ७५ गोल समेत गरेका थिए । जर्सी नम्बर सात एन्ड्रिय सेभचेन्को बेलोन डि ओरका लागि आठ पटक मनोनित भएका थिए । तर, उनले एक पटक सन् २००४ मा बेलोन डि ओर उपाधि जितेका थिए भने दुई पटक तेस्रो भएका थिए ।

६) लुइस फिगो

सोह्रौं शताब्दीको अन्त्यतिर लुइस फिगो दुनियाँका सबैभन्दा राम्रा फुटबलर थिए । उनमा उत्कृष्ट बल नियन्त्रण र शानदार क्रसिङ क्षमता थियो । उनी ६ पटक पोर्चुगिज फुटबलर अफ दी इयर भएका थिए ।

उनले सन् २००० मा बेलोन डि ओर जिते । फिजोको अन्तिम सिजन बार्सिलोनामा थियो । तर, उनी रियल मड्रिड र इन्टर मिलानका लागि पनि उत्तिकै उत्कृष्ट थिए । लुइस फिगोले आफ्नो राष्ट्र पोर्चुगलका लागि एक सय २७ खेल खेलेका थिए । फिगोले रियलमा १० नम्बर जर्सी लगाएका थिए । तर, उनले स्पोर्टिङ, बार्सिलोना, इन्टर मिलान र पोर्चुगलका लागि प्रतिष्ठित जर्सी नम्बर सात लगाएका थिए ।

५) केनी डाग्लिस

पूर्ण लिभरपुल लिजेन्डरी फुटबल खेलाडी केनी डाग्लिसलाई ‘किङ केनी’ भनेर समेत चिनिन्छ । मर्सिसाइडको आधा रातो भागमा केनी इंग्ल्यान्डका उत्कृष्ट फुटबलरमध्ये एक थिए ।

एक मास्टर स्किमर इयान रसपछि उनी दोस्रो स्ट्राइकरका रूपमा चिनिन्थे । यससँगै उनले एनफिल्डमा आफ्नो अधिकांश समय कडा मिहिनेतमै गोलका लागि बिताए । उनी सेल्टिक समर्थकबीच लोकप्रिय थिए । किनकि, उनी लिभरपुलका प्रशंसकमध्ये एक थिए ।

सन् १९८३ मा उनी बेलोन डि ओर रनर-अप बनेका थिए । केनीले एक खेलाडीका रूपमा १० लिग उपाधि र तीन युरोपियन कप जिते । उनले लिभरपुलका लागि पहिलो महान खेलाडीको रूपमा आफूलाई नामांकित गरेका थिए ।

४) जोर्ज बेस्ट

जोर्ज बेस्ट एक अदभुत क्षमता भएका फुटबल खेलाडी हुन् । विंगर जोर्ज बेस्टले आफ्नो शानदार सिजनमा ३२ गोल गरेका थिए । जो सन् १९६० को दशकमा एक उत्कृष्ट खेलाडीका रूपमा लगभग अञ्जान थिए ।

लामो कपाल र प्ले-ब्वाइजस्तो देखिने उनले उक्त सिजनलाई आफ्नो इतिहासमा एक ठूलो उत्सवका रूपमा मनाए । उनको जर्सी नम्बर ७ ओल्ड ट्राफोर्डमा धेरै प्रख्यात भएको थियो । उनी तीन पटकका बेलोन डि ओर विजेतासमेत हुन् । फुटबल बाहिर उनको भविष्य मात्र २७ वर्षको उमेरमा राम्रो लयमा हुँदा हुँदै सकिएको थियो । तर, अझै पनि उनी सात खेलाडीमध्ये चौथो स्थानमा छन् ।

३) स्टेन्ली म्याथ्युज

इंग्ल्यान्डका महान खेलाडी हरेक पटक उत्कृष्ट सातमा सधैं रहन्छन् । स्टेन्ली म्याथ्युज वास्तवमै विश्वका पहिलो सुपरस्टार थिए । यसैले पनि होला, इंग्ल्यान्डका रहेक खेलाडी आफ्नो जर्सीको पछाडि सात नम्बर लगाउन चाहन्छन् ।

ड्रिबलका विजार्ड नाम बदलेर म्याथ्युज एक मास्टर टेक्निसियन बनेका थिए । जो बक्सभित्र घातक क्रसको सिर्जना गर्न तल्लीन र निरन्तर थिए ।

दुनियाँमा हरेक बायाँ पक्ष फुल-ब्याक म्याथ्युजको चाल जान्दथे । तर, कोही पनि उनलाई रोक्न सक्दैनथे । जसमा दुनियाँका धेरै सर्वश्रेष्ठ खेलाडी सहभागी थिए । उनको करिअर ३३ वर्षसम्म फैलियो ।

५० वर्षको उमेरमा समेत उनी शीर्ष स्थानमा थिए । उनले ४१ वर्षको उमेरमा बेलोन डि ओर र ४८ वर्षमा एफडब्लूए वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका थिए ।

२) गारिन्चा

त्यतिबेला स्टेन म्याथ्युजलाई पछि पार्न एक मात्र ब्राजिलियन विंगर गारिन्चाको नाम आउँछ । उनले सन् १९५८ र १९६२ मा ब्राजिललाई विश्वकप जिताएका थिए । ब्राजिलले त्यस्तो खेल अहिलेसम्म खेलेको छैन, जसमा पेले र गारिन्चा दुवैले एकसाथ खेलेका थिए । गारिन्चाले सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा नौ वर्ष बिताए । पेलेको अनुपस्थितिमा गारिन्चाले सन् १९६२ मा उपाधि जिताएका थिए ।

१) क्रिस्टियानो रोनाल्डो

आफ्नो खुट्टा र प्रतिभासँगको बलका लागि गारिन्चा क्रिस्टियानो रोनाल्डोसँग पुग्न सक्दैनन् । महान जर्सी नम्बर सातको इतिहासमा रोनाल्डोको स्थिरता र दीर्घायु सबैभन्दा बढी छ । धेरै गोल गरेका कारण र उनले जितेका ट्रफीले उनी महान खेलाडीको सूचीमा पर्छन् ।

सोही कारण पनि उनी एक दशकसम्म महान खेलाडी बने । चार अलग-अलग क्लबका लागि सात सय ६८ खेलमा पाँच सय ७५ गोल गरे । पाँच पटक बेलोन डि ओर जिते । पाँच पटक च्याम्पियन्स लिग रोनाल्डोको उपलब्धि हो । फुटबलको इतिहासमा अब सबैभन्दा बढी प्रतिभाशाली र प्रतिक्षात्मक संख्या जर्सी नम्बर सात हुन सक्नेछ । तर, रोनाल्डोभन्दा माथि कोही छैनन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।