शनिबार, चैत ११, २०७९

राजनीतिक समीकरण तत्काल फेरिँदैन: प्रचण्ड

बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन्।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन्।

National life insurance

बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै  दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले रास्वपाले समर्थन फिर्ता नलिने बताए। भने, 'केही हुँदैन। रास्वपाले समर्थन फिर्ता पनि लिनुहुन्न मैले बुझेसम्म।'

सभापति रवि लामिछानेलाई गृहमन्त्री नबनाएपछि सरकारलाई दिएको समर्थन के गर्ने भन्ने विषयमा रास्वपाको केन्द्रीय समिति र संसदीय दल बैठक बसिरहेको छ। नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ। यसमा मुख्य सत्ता साझेदार दल एमालेको पनि जोडबल छ तर प्रचण्ड सकारात्मक छैनन्। 

प्रकाशित: Feb 02, 2023| 05:39. 25 बिहीबार, माघ १९, २०७९

थप समाचार

सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक, सरकार विस्तारबारे छलफल

कांग्रेस नेतृत्वको नयाँ समीकरण, सरकार विस्तार, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बसेको माओवादीले बताएको हो।

वर्तमान गठबन्धन लामो समय नटिक्ने बाबुराम भट्टराईको उद्घोष

गठबन्धनमा आबद्ध दस वटै दललाई सत्ता चाहिएको र देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढंगले अघि बढ्न नसकेकै कारण नयाँ गठबन्धन टिकाउ हुने ग्यारेन्टी...