आइतबार, चैत १५, २०८२

पीएसजीको जितमा नेयमारको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पेरिस (एजेन्सी)-लिग वन अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निसलाई ३-० ले पराजित गरेको छ । यस जितसँगै पीएसजीले लिगको सुरुआती आठ लिग खेलमा लगातार जित हासिल गर्दै कीर्तिमान बराबरी गरेको छ । यसअघि सन् १९६०–६१ सिजनमा एएस मोनाकोले पनि सोहि रेकर्ड कायम गरेको थियो ।
 
पीएसजीको शत प्रतिशत नतिजालाई निरन्तरता दिन नेयमारले दुई तथा एनकुन्कुले एक गोल गरे । खेलको २२ औं मिनेटमा ब्राजिलियन सुपरस्टार नेयमारले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

दोस्रो हाफको सुरुआतमै एनकुन्कुले गोल गर्दै अग्रता देब्बर पारे । ५९ औं मिनेटमा विलयन सिप्रिएन दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिदा निस १० खेलाडीमा सिमित भएको थियो । इन्जुरी समयमा केलियन एमबाप्पेको पासमा नेयमारले सहज गोल गर्दै जित पक्का गरे । 

पीएसजी यस जितसँगै शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउन सफल रहेको छ । लिगको साविक विजेता रहेको पीएसजीलाई प्रशिक्षक थोमस टुचेलले अपराजित बनाउने लक्ष्य लिएका छन् । टुचेलले शनिबार स्टार फरवार्ड एडिन्सन कभानीलाई बेन्चमा राखेका थिए ।

पीएसजीले यसै साताको मध्यमा च्याम्पियन्स लिग र अन्त्यमा लिग वन अन्तर्गतका खेलहरु खेल्नेछ । पछिल्लो सिजन उचित विश्राम नपाएका कारण नेयमार र एमबाप्पे घाइते भएका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।