सोमबार, जेठ ४, २०८३

लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा

यो शाखाले आफ्ना ग्राहकहरुलाई सबै बैंकिङ सेवाहरु प्रदान गर्ने छ।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

लक्ष्मी बैंकले आफ्नो १४४ औं शाखा  ललितपुर महानगर-२८ हात्तीवनमा खोलेको छ। यो शाखाले आफ्ना ग्राहकहरुलाई सबै बैंकिङ सेवाहरु प्रदान गर्ने छ।

National life

लक्ष्मी बैंकको सञ्जालले ५० जिल्लामा १४४ शाखा, ५ हस्पिटल सेवा काउन्टर, १४ एक्सटेन्सन काउन्टर, १७९ एटीएम, २५०० रेमिटेन्स एजेन्ट र ६९ शाखारहित बैंकिङ एजेन्टहरू समावेश गरेको छ।

नवीन बचत खाता, मुद्दती निक्षेप, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका व्यावसायिक वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले बैंकले नयाँ तथा सेवा नपुगेका बजारहरुमा तीब्र गतिमा विस्तार गर्दै आएको छ।

बैंकले इन्टरनेट र मोबाइल बैंकिङ जस्ता डिजिटल च्यानलहरूलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ।

प्रकाशित: Feb 02, 2023| 17:37 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्