बुधबार, भदौ ११, २०८२

भद्रपुर-सलकपुर सडक ६ प्रतिशत कालोपत्रे

कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्रे गरिएको छ।
 |  बिहीबार, माघ १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

vianetvianet

झापा- झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्रे भएको छ।

Kumaribank

कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्रे गरिएको छ।

पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको २६ करोड ६९ लाख लागतमा भद्रपुर-सलकपुर सडक कालोपत्रे गर्न थालिएको हो।

‘सडकको हालसम्मको वित्तीय प्रगति छ प्रतिशतमात्र भएको छ’, उनले भने। निन्दा पुलदेखि इँटाभट्टासम्म तथा इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म सडक कालोपत्रे गर्न लागिएको साहको भनाइ छ।

सो सडक निर्माणपछि इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायत क्षेत्र पुग्न सजिलो हुने छ। कृषिजन्य वस्तुको बजारीकरण गर्न किसानलाई सहज हुने छ।

Metro Mart

प्रकाशित: Feb 02, 2023| 21:20 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।