मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दसैंयता पानी परेको छैन रसुवामा, किसानका हात पुर्पुरोमा

दसैंयता पानी परेको छैन रसुवामा, किसानका हात पुर्पुरोमा

समय-समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउँदे बाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

रसुवा- दसैंयता वर्षा नभएपछि रसुवामा लगाइएका हिउँदे बालीमा सिँचाइको अभाव भएको छ। समय-समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउँदे बाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो।

National life

सिँचाइ अभावका कारण यस वर्षको हिउँदे खेतीबालीको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान किसानले गरेका छन्। ‘मंसिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपरेकाले गहुँको बोट भुइँ झारको जस्तै तलै छन्। यसले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ’, स्थानीय किसान याकबहादुर लिम्बूले भने।

हिउँदे बालीको उत्पादनमा कमी आउने देखिएपछि खाद्यान्नको संकट हुने उनको भनाइ छ। यहाँको वृदिम, खैदी, थुमन, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, स्याफ्रु, धुञ्चे, राम्चे, यार्सालगायतका स्थान बढी प्रभावित भएका छन्।

यी क्षेत्रमा सिँचाइ नभएको र हिमपातको चिसोमा निर्भर हुनुपर्ने भएकाले पनि किसान बढी चिन्तित भएका हुन्। दक्षिणी भेकको डाँडागाउँ, ठूलोगाउँ, लहरेपौवा, भोर्ले, धैबुङ, सरमथलीलगायतका स्थानमा भने सिँचाइ व्यवस्था भएको जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले बताए।

प्रकाशित: Feb 02, 2023| 20:00 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।