शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • समाज
  • जुम्लामा रविलाई गृहमन्त्री माग्दै सरकारी कर्मचारीको आत्मदाह प्रयास

जुम्लामा रविलाई गृहमन्त्री माग्दै सरकारी कर्मचारीको आत्मदाह प्रयास

नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई पुनः गृहमन्त्री फिर्ता दिन माग गर्दै गोकर्ण कार्कीले आफैंलाई लगाए आगो।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं– घरझगडा, सम्पत्ति लेनदेन, मायाप्रेमलगायत सामाजिक कारणले प्रायः मानिसले आत्महत्याको असफल प्रयत्न गर्छ। तर नेतालाई मन्त्री बनाउनुपर्ने माग गरेर जुम्लामा सरकारी कर्मचारीले नै आत्मदाहको असफल प्रयास गरेका छन्।

National life insurance

नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेलाई पुनः गृहमन्त्री फिर्ता दिन माग गर्दै जुम्लामा एक जनाले आत्मदाह प्रयास गरेका हुन्।जिल्ला प्रशासन कार्यालय प्रांगणमै बाँकेको कोहलपुर स्थायी घर भएका सरकारी कर्मचारी ४० वर्षीय गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको जुम्ला प्रहरीले बताएको छ।

आत्मदाह प्रयास गर्ने कार्कीले भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने, रविले न्याय पाउनुपर्ने, गृहमन्त्री बनाउनैपर्ने मागसहित प्रशासन कार्यालय अगाडि आत्मदाह प्रयास गरेका हुन्।

कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक रहेको प्रहरीले पुष्टि गरेको छ। कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्नेबित्तिकै प्रहरीले जोगाएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।

प्रकाशित: Feb 02, 2023| 04:27. 24 बिहीबार, माघ १९, २०७९

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।