शुक्रबार, फागुन २९, २०८२

बुस्टर डोज ल्याउने योजना बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोजको व्यवस्था चाडैं गर्नुपर्ने बताए। उनले बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरुलाई निर्देशन दिए।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य सेवा विभागको कामलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गिरीले कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि बुस्टर डोजको व्यवस्था चाडैं गर्नुपर्ने बताए। उनले बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरुलाई निर्देशन दिए।

National life

'छिमेकी राष्ट्रहरुमा कोभिड आइसकेको छ। हाम्रोमा पनि आउनसक्छ। बुस्टरडोज तत्काल लिएर नागरिकलाई लगाउनुपर्छ। त्यसका लागि योजना बनोस्। मन्त्रालयबाट खेल्नुपर्ने भूमिका म खेल्छु,' उनले भने। 

उनले खरिद प्रक्रियालाई पारदर्शी बनाउन पनि निर्देशन दिए। 'खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको छ। यसलाई पारदर्शी बनाएर काम गर्नु होला,' उनले भने। 

विभागका कर्मचारीहरुलाई प्रभावकारी रूपमा काममा लाग्न उनले निर्देशन दिए। 'विभाग जति प्रभावकारी हुन्छ त्यति नै जनताप्रति उत्तरदायी हुन्छ। जनताले त्यति नै राम्रो स्वास्थ्य सेवा पाउँछन्,' उनले भने,'त्यसैले तपाईहरु अझै प्रभावकारी भएर लाग्नुस्। राम्रो काम गर्नुभएको छ। यसका लागि धन्यवाद दिन्छु। तर अब हामी कमीकमजोरी पहिल्याएर अझै जिम्मेवार भएर लाग्न आवश्यक छ।'

उनले थपे, 'जुन-जुन शाखाको जिम्मेवारी लिएको छ। त्यो पूरा गर्ने इच्छाशक्ति हुनुपर्छ। अनि बल्ल मन्त्रालय र विभागले आफ्नो जिम्मेवारी पूरा गर्नसक्छ। त्यहीकारण जिम्मेवारी बुझेर काममा जुटिदिनुस्।'

Laxmi sunrise bank
kumari

देशका विभिन्न अस्पतालमा रहेका पुराना स्वास्थ्य उपकरणहरु प्रयोगविहिन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन निर्देशन दिए। 'उपकरणहरु यहाँबाट विभिन्‍न ठाउँमा पठाएका छौं। तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ। त्यो कुन अवस्थामा छ? कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामाग्री त्यसरी अलपत्र हुनुहुँदैन। यसतर्फ सजग रहनुस्।'

उनले स्वास्थ्य संस्थाहरूलाई प्रविधि मैत्री बनाउनुपर्ने बताए। 'घरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस्। सबै कुरा डिजिटलाईज हुनुपर्छ। मोबाइलबाट हेर्नुपर्छ। स्वास्थ्य क्षेत्रमा उत्साहजनक रूपमा देखिनेगरी परिवर्तन आउनुपर्छ,'  उनले भने,'बिरामी टिचिंग लग्यो, बेड हुँदैन। त्यसपछि वीर लग्यो, पाटन लग्यो, बाटोमै मर्छ भन्‍ने अवस्था रहनु हुँदैन।'

प्रकाशित: Feb 02, 2023| 15:26 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्