आइतबार, साउन ३, २०८३

‘ए’ डिभिजन लिग : आज सरस्वती र सीएमजी भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं-साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार सरस्वती युवा क्लब र सीएमजी क्लब संकटाबीच भिड्न्त हुदै छ । बंगलादेशमा हुने बंगबन्दु गोल्ड कपले गर्दा फेरबदल गरिएको लिगको तालिका अनुसार यि दुई टोली आज भिड्न लागेका हुन् । खेल नेपाली दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

संकटा र सरस्वती दुवैले यस सिजन मध्ये तालिकामा रहने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । सरस्वतीले अधिकांश स्थानीय र केहि विदेशी खेलाडीको सम्मिश्रण गरेर टोली तयार पारेको छ भने संकटाले युवा र अनुभवी खेलाडीको आडमा लिगको शीर्ष ६ मा अटाउने जमर्को गरेको छ ।

सरस्वतीका प्रशिक्षक प्रदिप नेपालले यसअघि पनि लिगको जिम्मेवारी सम्हालिसकेका छन् । संकटाका प्रशिक्षक सल्यान खड्गी भने पहिलो पटक लिगमा जिम्मेवारी सम्हाल्दैछन् । पछिल्लो पटक लिग खेल्दा उनी टोलीका कप्तान रहेका थिए । मोफसलका प्रतियोगितामा सफल नतिजा निकालेपछि उनले प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।

संकटाले थ्री स्टारका पूर्व मिडफिल्डर विष्णु गुरुङसहित लक्ष्मण रुचाल, अमित तामाङ, लगायतका खेलाडी छन् । सरस्वतीले पनि अनुभवी फरवार्ड राजकुमार घिसिङलाई क्लबमा आबद्ध गराएको छ । दुवै टोलीमा विदेशी खेलाडी रहेका छन् र सुरुआती रोजाइमा खेल्ने सम्भावना प्रबल छ । राष्ट्रिय टोलीले बंगबन्धु गोल्ड कप खेल्ने भएसँगै लिग आइतबारको खेलपछि स्थगित हुनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।