शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • समाज
  • नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ

बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्। बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। 

National life insurance

उनीविरुद्ध २०७० सालमा लम्कीचुहाका पूर्वमेयर महादेव बजगाईले उजुरी दिएका थिए। बजगाईले आफ्नो ट्र्याक्टरमा आगजनी गरेको भन्दै उनीविरुद्ध उजुरी दिएपछि चौधरी प्रहरीको फरार सूचीमा थिए

कैलाली जिल्ला अदालतले आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो।


प्रकाशित: Feb 02, 2023| 03:09. 13 बिहीबार, माघ १९, २०७९

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।