मंगलबार, असार १७, २०८२

गृह मन्त्रालय रविलाई फिर्ता दिनुपर्छ : एमाले अध्यक्ष ओली

रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषयमा अन्य पार्टीले भाँजो हाल्न नहुने अध्यक्ष ओलीको बोली।
 |  बिहीबार, माघ १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

vianetvianet

काठमाडौं– सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनका बेला गरिएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई गृह मन्त्रालय दिइनुपर्ने बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँगको प्रश्नोत्तरमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

रविलाई गृह मन्त्रालय सुम्पिन भइरहेको आनाकानीबारे प्रधानमन्त्रीसँग कुरा हुँदा सहमति भइसकेको उनले दाबी गरे। रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषयमा अन्य पार्टीले भाँजो हाल्न नहुने अध्यक्ष ओलीको भनाइ छ। 

प्रधानमन्त्री प्रचण्डले अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने बताएको सन्दर्भमा अध्यक्ष ओलीले पूर्णपाठ किन चाहियो, पुराण वाचन गर्ने हो? भन्दै प्रश्न गरे।

ओलीले वर्तमान सरकार संकटमा नपर्ने तर शासन प्रणालीलाई कसरी लैजाने भन्नेबारेमा राजनीतिक दल चनाखो भने हुनुपर्ने उनले बताए।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिनु संसदीय अधिकार भएकाले माओवादीले भनेको राष्ट्रिय सहमति एमालेले उठाउने राष्ट्रपतिमा हुने ओलीको दाबी छ। सत्ता गठबन्धनमा कुनै खटपट नभएकाले गृह मन्त्रालयबारे भइरहेको विवाद छिट्टै टुंगिने अध्यक्ष ओलीले बताए।


प्रकाशित: Feb 02, 2023| 13:48 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...