बुधबार, भदौ ११, २०८२

राष्ट्रपतिमा एमालेको उम्मेदवार नै सत्तापक्षको हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार नै एमालेको हुने बताएका छन्।
 |  बिहीबार, माघ १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

vianetvianet

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार नै एमालेको हुने बताएका छन्। 

Kumaribank

सत्तापक्षबाट एक मात्र उम्मेदवार हुने र त्यो एमालेको हुने उनको भनाई छ। विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले भने,‘ एमालेको उम्मेदवार नै सत्तापक्षको हो।’ सत्तापक्षबाट राष्ट्रपतिको अर्को उम्मेदवार नहुने उनको भनाई छ। 

पुस १० गतेको सहमति अनुसार सत्तापक्ष चल्नु पर्ने एमाले अध्यक्ष ओलीको भनाई छ। अहिले बाहिर देखिए जस्तो समस्या सरकार सञ्चालनमा नदेखिएको उनको जिकिर छ। एमाले अध्यक्ष ओलीले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) लाई दिने पूर्वसहमति अनुसार उसैलाई दिनु पर्ने बताए। पुस ११ गतेको सहमति गृहमन्त्री रास्वपालाई दिने सहमति भएको र सोही सहमति अनुसार गृहमन्त्री उसैलाई दिनु पर्ने अध्यक्ष ओलीको भनाई छ। अध्यक्ष ओलीले भने,‘ गृहमन्त्री रास्वपालाई दिने सहमति भएको हो, पात्र कसलाई पठाउँछ उसको कुरा हो।’ 

नागरिकता प्रकरणमा रास्वपाका सभापति समेत रहेका रवि लामिछाने पदमुक्त भएपछि गृहमन्त्रीको जिम्मेवारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाली रहेका छन्। रास्वपाले गृहमन्त्री आफूहरूले नै पाउनुपर्ने बताउँदै आएको छ। एमाले अध्यक्ष ओलीले पनि सहमति अनुसार गृहमन्त्री रास्वपालाई नै दिनु पर्ने बताएका हुन। 

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपालमा असाधारण राजनीतिक अस्थिरता रहेको बताए। नेपालमा प्रजातन्त्र स्थापना पछि देखि नै स्थिरता हुन नसकेको उनको भनाई छ।

Metro Mart

प्रकाशित: Feb 02, 2023| 13:39 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...