बुधबार, भदौ ११, २०८२

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, सरकारबाट फिर्ता हुने संकेत

प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीमा अर्को नाम पठाउन आनाकानी गर्नु र पार्टी सभापति लामिछानेलाई पनि पुनः नियुक्त नगरिएपछि सरकार छाड्नुपर्ने निष्कर्षमा रास्वपा।
 |  बिहीबार, माघ १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

vianetvianet

काठमाडौं– सात दलीय भागबन्डामा परेको गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने वा अडिने भन्ने अन्तिम निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले बिहीबार साँझ बैठक बोलाउने तयारीका लागि सभापति रवि लामिछानेसँग छलफल भएको बताएका हुन्।

Kumaribank

१३ माघमा नागरिकता प्रकरणका कारण सभापति लामिछानेको उपप्रधान एवं गृहमन्त्री र सांसद पद खारेजीमा परेको छ। नागरिकता प्रकरण सल्टिएपछि पुनः गृहमन्त्रीमा नियुक्त गर्न पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरे पनि अस्वीकारेपछि लामिछानेले सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी प्रधानमन्त्रीलाई दिइसकेका छन्।

१५ माघमा नेपाली नागरिकता पुनप्राप्ति गरेपछि रविले आफूलाई गृहमै जिम्मेवारी दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। सर्वोच्चको फैसलाको पूर्णपाठ नआएको, दोहोरो राहदानी दुरुपयोग  मुद्दाको अन्तिम किनारा नलागेकाले रास्वपालाई गृह मन्त्रालय नदिने निर्णयमा प्रधानमन्त्री र उनको पार्टी नेकपा माओवादी केन्द्र छन्। सोही कारण रास्वपाभित्र सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन दबाब परेको छ।

रविले प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम ७२ घन्टा कटिसके पनि रास्वपा हालसम्म सरकारबाट बाहिरिएको छैन। प्रधानमन्त्रीले पार्टीलाई गृह मन्त्रालय दिने–नदिनेबारे कुनै संकेत नदिइएकाले बैठक बसेर अन्तिम निर्णय गर्न लागिएको प्रवक्ता ढकालले जानकारी दिए।

उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीमा अर्को नाम पठाउन भन्नुभएन। पार्टी सभापतिलाई पनि पुनः नियुक्त गरिएन। अब सरकार छाड्नुपर्ने निष्कर्षमा पुग्न बैठक बोलाइएको हो।’

Metro Mart

प्रचण्डले रविलाई गृह मन्त्रालय नदिने अड्डी लिएपछि सत्ता सहयात्री एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि प्रधानमन्त्रीलाई दबाब दिइसकेका छन्।

प्रकाशित: Feb 02, 2023| 13:05 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...