मंगलबार, वैशाख ३०, २०८२

श्रीलंका भ्रमणमा जाँदै परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेपछि डा. विमला राई पौड्याल पहिलो पटक श्रीलंका भ्रमणमा निस्कन लागेकी हुन्।
 |  बिहीबार, माघ १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

vianetvianet

काठमाडौं– परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेपछि डा. विमला राई पौड्याल पहिलो पटक श्रीलंका भ्रमणमा निस्कँदै छन्। बिहीबार श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री पौडेल त्यता जान लागेकी हुन्।

triton college

पौड्याल श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलोम्बोमा २०–२१ माघमा हुने विशेष समारोहमा अतिथिको रुपमा सहभागी हुन दिउँसो १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री पौड्यालले २० माघमा कोलम्बोमा समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ।

मन्त्री पौड्याल २१ माघमा  श्रीलंकाको ७५औं स्वतन्त्रता दिवस समारोहमा सहभागी हुनेछन् भने श्रीलंकाली राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन्। परराष्ट्र मन्त्री पौड्याल राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागिता जनाउनेछन्। परराष्ट्रमन्त्री पौड्याल २५ माघमा स्वदेश फर्कने कार्यतालिका रहेको परराष्ट्रले बताएको छ।

प्रकाशित: Feb 02, 2023| 12:02 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।