शुक्रबार, मंसिर १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • राम जन्मभूमि अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला

राम जन्मभूमि अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला

अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीको देवशिला लखनउ लगिएको हो।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

अयोध्या (भारत)– कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बुधबार राती भारतको उत्तर प्रदेशस्थित राम जन्मभूमि अयोध्या पुर्‍याइयो छ। अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो।

National life

१२ माघमा म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली १६ माघमा जनकपुरधामबाट अयोध्या प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो।

अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले शिलासहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर लखनउ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलगायतको टोलीलाई भव्य स्वागत गरेका थिए। 

ठूलो संख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए। शिलालाई बुधबार नै यहाँस्थित राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए।

ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गरिएको बताए। आयोध्यास्थित राम सेवकपुरममा नेपाल–भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिक रुपमा देवशिला बुझेको उनको भनाइ छ। यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडि बढाइएको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 02, 2023| 11:36 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।