शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • समाज
  • राम जन्मभूमि अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला

राम जन्मभूमि अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला

अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीको देवशिला लखनउ लगिएको हो।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

अयोध्या (भारत)– कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बुधबार राती भारतको उत्तर प्रदेशस्थित राम जन्मभूमि अयोध्या पुर्‍याइयो छ। अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो।

National life insurance

१२ माघमा म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली १६ माघमा जनकपुरधामबाट अयोध्या प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो।

अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले शिलासहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर लखनउ जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिलगायतको टोलीलाई भव्य स्वागत गरेका थिए। 

ठूलो संख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भित्र्याएका थिए। शिलालाई बुधबार नै यहाँस्थित राम सेवकपुरममा राखिएको छ भने आज बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको जानकी मन्दिरका महन्थ दासले जानकारी दिए।

ट्रस्टका महासचिव चंपत रायले विशेष अनुष्ठान पूजापछि आज देवशिला ग्रहण गरिएको बताए। आयोध्यास्थित राम सेवकपुरममा नेपाल–भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि ट्रस्टले औपचारिक रुपमा देवशिला बुझेको उनको भनाइ छ। यसअघि बुधबार बिहान गोरखपुरस्थित गोरखनाथ मन्दिर परिसरमा विशेष हवन पूजापछि देवशिला अयोध्यातर्फ अगाडि बढाइएको थियो। 

worldlink

प्रकाशित: Feb 02, 2023| 11:36. 43 बिहीबार, माघ १९, २०७९

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।