मंगलबार, वैशाख १५, २०८३

देशका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका छन्।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

National life
kumari

काठमाडौं- देशका विभिन्न स्थानमा तीन जना मृत फेला परेका  छन्। प्रहरीका अनुसार मोरङको सुन्दरहरैचा नगरपालिका-६ दिपु टोल बस्ने कृष्णबहादुर दमाईको घरमा तीन वर्षदेखि बस्दैआएका ७९ वर्षीय टेकनाथ खतिवडा आफ्नै ओछ्यानमा बुधबार मृत फेला परेका छन्। 

त्यस्तै, चितवनको कालिका नगरपालिका-८ न्युरेनी बस्ने ६० वर्षीय जितबहादुर दर्लामी मगरको घरमा कालिकोट सान्नि त्रिवेणी गाउँपालिका-५ घर बताउने ४० वर्षीया देवी पन्त बुधबार मृत अवस्थामा फेला परेकी छन्। 

रूपन्देहीको ओमसतिया गाउँपालिका-४ रोहिणी पुल नजिकै टुलटेक्स भवनको गल्लीमा सोही गाउँपालिका-४ बस्ने ३० वर्षीय विरेन्द्र मुसहर बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Feb 02, 2023| 10:38 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।