मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृह मन्त्रालयबारेको विवाद मिलाउन सत्तारुढ दल आन्तरिक छलफलमा

गृह मन्त्रालयबारेको विवाद मिलाउन सत्तारुढ दल आन्तरिक छलफलमा

गृह मन्त्रालयलाई लिएर बढ्दो मतभेदलाई मिलाउन प्रमुख सत्तारुढ दलहरूले छलफललाई तीव्रता दिएका छन्।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- गृह मन्त्रालयलाई लिएर बढ्दो मतभेदलाई मिलाउन प्रमुख सत्तारुढ दलहरूले  छलफललाई तीव्रता दिएका छन्। 

National life

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छुट्टाछुट्टै भेट गरेका थिए। मन्त्रालयको विषयलाई लिएर आज पनि सत्तारुढ दलहरू आन्तरिक छलफलको तयारीमा छन्। माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैँले राख्ने तयारी गरेपछि सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि बढेको छ।

सर्वोच्च अदालतले तत्कालीन उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता अमान्य रहेको फैसला गरेपछि गृह मन्त्रालय रिक्त छ। पद मुक्त भएका लामिछानेले प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन्। 

रास्वपाले आफूले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ। गृह मन्त्रालयमा फर्कनको लागि लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर भेट गरिरहेका छन्।

एमालेले भने सहमति अनुसार लामिछानेकै राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिनुपर्नेमा जोड दिँदै आएको छ।

kumari

प्रकाशित: Feb 02, 2023| 10:19 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।