मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

National life
kumari

काठमाडौं- बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ। टावर विस्तार भएसँगै कुमाली गाड, जोलाघट्ट, सरगड, रजाड, दुधेखाली, ज्वाकट्टे, चैशिर गाउँ, पालिमूडाप, जरकट्टेलगायत स्थानका जनता लाभान्वित हुने भएका छन्।

लामो समयदेखि फोनको टावर नहुँदा सास्ति खेप्दै आएका स्थानीय टावर विस्तार भएसँगै हर्षित भएका हुन्। 'नेटवर्कको समस्याका कारण हामीले फोन गर्न घण्टौं हिँडेर टावर भएको ठाउँसम्म पुग्नुपर्थ्यो। अब त्यो समस्या समाधान भएको छ,' स्थानीय रनबहादुर बोहराले भने।

नेपाल विद्यार्थी संघका न‍ेता रामचन्द्र बोहराको पहलमा टावर विस्तार भएको हो। जनताले भोग्दै आएको दु:खलाई मध्यनजर गर्दै आफूले ज्ञानेन्द्रबहादुर कार्की सञ्चारमन्त्री हुँदा टावरका लागि पहल गरेको उनले बताए।  

प्रकाशित: Feb 02, 2023| 10:16 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।