मंगलबार, चैत १४, २०७९
  • गृहपृष्ठ
  • समाज
  • बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

National life insurance
worldlink

काठमाडौं- बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ। टावर विस्तार भएसँगै कुमाली गाड, जोलाघट्ट, सरगड, रजाड, दुधेखाली, ज्वाकट्टे, चैशिर गाउँ, पालिमूडाप, जरकट्टेलगायत स्थानका जनता लाभान्वित हुने भएका छन्।

लामो समयदेखि फोनको टावर नहुँदा सास्ति खेप्दै आएका स्थानीय टावर विस्तार भएसँगै हर्षित भएका हुन्। 'नेटवर्कको समस्याका कारण हामीले फोन गर्न घण्टौं हिँडेर टावर भएको ठाउँसम्म पुग्नुपर्थ्यो। अब त्यो समस्या समाधान भएको छ,' स्थानीय रनबहादुर बोहराले भने।

नेपाल विद्यार्थी संघका न‍ेता रामचन्द्र बोहराको पहलमा टावर विस्तार भएको हो। जनताले भोग्दै आएको दु:खलाई मध्यनजर गर्दै आफूले ज्ञानेन्द्रबहादुर कार्की सञ्चारमन्त्री हुँदा टावरका लागि पहल गरेको उनले बताए।  

प्रकाशित: Feb 02, 2023| 10:16. 05 बिहीबार, माघ १९, २०७९

थप समाचार

हिन्दू परिषद्का केन्द्रीय सदस्यले चलाएको चिकेन स्टेसनमा गाईको मासु

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेको पाइएको हो।

छोरीको तस्बिरमा माला लगाउँदा भावुक भए प्रचण्ड

माइली छोरी रेनु र कान्छी गंगाको बीचमा उभिएका प्रचण्डको भावुक तस्बिर गंगाले सार्वजनिक गरेकी छन्। 

आफ्नै बुबाको जीवन सिध्याए जीवनले

दाउराको चिर्पटले हानेर बुबा नारायणको छोरा जीवनले हत्या गरेको प्रहरीले जनाएको छ।

मिटरब्याजपीडित पैदलै आन्दोलनका लागि उत्रिए काठमाडौं

मिटरब्याज पीडितहरू महोत्तरीको बर्दिवासबाट पैदलै हिँडेर ११औं दिन आज काठमाडौंको मातातीर्थ भित्रिएका हुन्।

मोफसलका 'आँखा बा' चिजकुमार, जो ३९ वर्षदेखि सेवामा तल्लीन छन्

आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो।