मंगलबार, वैशाख १५, २०८३

दोलखाको कटुवाचौर बजारमा भीषण आगलागी, ९ घर जलेर नष्ट

दोलखाको कालीञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन्।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

दोलखा- दोलखाको कालीञ्चोक गाउँपालिका वडा नम्बर ९ कटुवाचौर बजारमा भीषण आगलागी हुँदा ९ घर जलेर नष्ट भएका छन्।

National life

आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेँढाई, दुर्गा दहाल, चित्रप्रसाद सेँढाई, स्वस्तानी खड्का, शङ्कर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपीलाल थामी, कमला खाती, रामबहादुर थामीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। गएराति ११ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको स्थानीयले बताएका छन्।

रुद्रबहादुर ओलीको घरबाट आगलागी सुरु भएको आशङ्का गरिएको छ। विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण खुल्न सकेको छैन। प्रहरी, स्थानीय बासिन्दा र दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।

आगलागीबाट करोडौँको क्षति भएको छ भने पशुचौपाया पनि मरेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: Feb 02, 2023| 09:37 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।