मंगलबार, वैशाख १५, २०८३

पत्रकारको आँखा जँचाउन नेत्रज्योति सङ्घसँग सम्झौता

महासङ्घमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्रज्योति सङ्घबीच पत्रकारको आँखासम्बन्धी स्वास्थ्योपचार गर्नका लागि सम्झौता भएको छ । महासङ्घमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

National life

महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रविधिको विकाससँगै लामो समय कम्प्युटरलगायतका उपकरणको प्रयोगले पत्रकारमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताउँदै दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभवान्वित हुने विश्वास व्यक्त गरे ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले जनचेतनाको अभावले आँखासम्बन्धी समस्या भएका बिरामीले उपचार पाउन नसकेको भन्दै निको हुने आँखाका रोगीको समेत उपचार हुन नसकेकाले त्यसको निराकरण गर्न संस्था लागेको बताए । 

सम्झौतापत्रमा उल्लेख भएअनुसार महासङ्घको समन्वयमा छ वटा प्रदेशमा फागुनभित्र र दुवै संस्थाको स्थापना दिवसको अवसर पारेर चैत महिनामा काठमाडौँ उपत्यकामा रहेका पत्रकारका लागि निःशुल्क आँखा शिविर आयोजना गर्ने उल्लेख छ । शिविरमा पत्रकारका लागि आवश्यक चश्मासमेत निःशुल्क उपलब्ध गराइने छ ।

विसं २०३५ मा स्थापना भएको गैरनाफामूलक संस्था नेपाल नेत्रज्योति सङ्घको ४४ वटा जिल्ला शाखा, २७ वटा आँखा अस्पताल र एक सय ५० आँखा उपचार केन्द्र रहेका छन् ।

kumari

प्रकाशित: Feb 02, 2023| 08:30 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।