शुक्रबार, फागुन २९, २०८२

मोरङमा फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

१५ दिन सम्म अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय मोरङले बुधबार जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि गरेको छ।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

National life
Laxmi sunrise bank
kumari

विराटनगर- मोरङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियान सञ्चालन गरिने भएको छ। 

१५ दिन सम्म अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय मोरङले बुधबार जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि गरेको छ। १७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, स्वास्थ्य संयोजकहरुको सहभागितमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईने अभियानलाई टोलस्तर सम्म पुर्याउने बारे छलफल भएको छ। कुल जनसंख्याको ८० प्रतिशत जनसंख्यालाई अभियानमा सहभागि गराउने लक्ष्य सहित अभियान सञ्चालन गरिने बताईएको छ। 

१५ दिने अभियानमा २ वर्षदेखि माथिका, कडा रोग लागेका र गर्भवती बाहेकका व्यक्तिहरुलाई अभियानमा औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए। अभियान अन्र्तगत अल्वेन्डाजोल, डाईइथाई, कर्माकाईजीन र आईभरमेक्टिन औषधि खुवाईने स्वास्थ्य कार्यालय मोरङका मलेरिया निरीक्षक राम लामाले बताए। उनले हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने (एमडिए) अभियानमा सहभागी हुन सवैलाई आग्रह समेत गरे।

प्रकाशित: Feb 01, 2023| 21:45 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्