मंगलबार, वैशाख १५, २०८३

भूकम्पपीडितको खोलाको किनारमा बास

गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन्। उनीहरुका घर बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र भने धुजाधुजा भएको गीता रोकायाले बताइन्।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

बाजुरा- गत मंगलबार हिमाली गाउँपालिकाको विच्छ्या केन्द्रविन्दु भएर दिउँसो २:४३ बजे पाँच दशमलव नौ रेक्टरस्केलको भूकम्प गयो। भूकम्पले गर्दा  एक जनाको मृत्यु भयो  भने चार जना घाइते भए। जिल्लामा छ सय बढी घर पूर्ण र आंशिकरूपमा क्षति पुग्यो। त्यसमा पनि गौमुल गाउँपालिका–२ आगर, जुरेली, दहकोट र नरेडा बस्तीमा बढी क्षति भयो। 

National life

गौमुल गाउँपालिका–२ आगरमा रहेका दलित बस्तीका २५ परिवारलाई झनै बिजोग बनाएको स्थलगत रिपोर्टिङमा देखियो। न खाने गाँस न त बस्ने बास नै छ। घरभित्र भएका लत्ताकपडा र अन्नसमेत निकाल्न नसकिने गरी घर चिरा–चिरा परेका छन्। भिरालो जमिनमा बनाइएका घर एक फिटभन्दा बढी फाटेर गाउँवासी भित्र पस्नसमेतका सकेका छैनन्।

यही माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिकावासीको बिचल्ली छ। सबै घर बस्नलायक नभएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए। उक्त गाउँपालिकामा एक हजार छ सय ५० परिवारमध्ये पाँच सय ७० परिवारका घर जोखिममा छ। पाँच सय ७० परिवारका बासिन्दा सबै विस्थापित भएको गाउँपालिकाले जनाएको छ।

उक्त गाउँपालिकाको वडा नं २ आगर, जुरेली, दहकोट र नरेडाका घर चर्किएर बस्न नमिल्ने भएपछि त्रिपाल र टनेलको पालमुनि गाउँवासीले रात कटाउने गरेका छन्। उनीहरुका घर बाहिरबाट हेर्दा राम्रो देखिए पनि भित्र भने धुजाधुजा भएको गीता रोकायाले बताइन्।  गौमुल–२ का जडेगाउँ, आगर, दहकोट, गताडी, गुम्फा काडा, जुरेली र रनेडालगायत बस्तीका वासिन्दा घरविहीन बनेका छन्। जुरेली, दहकोट, अगरलगायत ठाउँका जमिन पनि चिरा परेका छन्।

त्यहाँका सबै वासिन्दा पाल र तरकारीका लागि बनाइएका टनेलमा बस्दै आएका छन्। जडेगाउँमा १८, आगरगाउँमा २५, दहकोटका ३३, गताडी टोलका छ परिवार, गुम्फाकाँडा वस्तीका १८, जुरेलीका २५ र रनेडाका ४० घरपरिवार अहिले पालमा बस्दै आएको गौमुल गाउँपालिका–२ का वडा सदस्य प्रेम रोकायाले बताए। 

kumari

‘तीन वर्ष पहिले बाढी आउँदा खेतीयोग्य जमिन बगायो, पछि यहाँ आएर बसेका थियौँ। अब भूकम्पले न बस्ने घर रह्यो। न खाने जमिन रह्यो विस्थापितजस्तै बनियो। यो पाल हालेको ठाउँ पनि अरुकै जमिन हो’, जुरेलीका भक्त रोकाया सुनाए।

भूकम्पकले एक सदस्य गुमेकाले  पीडामा रहनुभएका भक्तका छ परिवार पनि विस्थापितजस्तै छन्। जमुना रोकायाको भूकम्पमा परी मृत्यु भएको थियो। घाँस काटिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लाग्दा उनको मृत्यु भएको थियो। भूकम्पपीडित पालमुनि कठ्याङ्ग्रिदो चिसोमा रात बिताइरहेका छन्।

हिउँदको समय चिसोले पालमुनि बस्दा त्यहाँका बूढाबूढी, गर्भवती र सुत्केरी महिला र बालबालिकालाई समस्या भएको छ। भूकम्पपिडीतले एक साता बितिसक्दा पनि राहत साम्रगी नपाएको गुनासो गरेका छन्। उनीहरूलाई बिहान–बेलुकी हातमुख जोर्न धौधौ परेको छ। भूकम्पपीडित बिच्चलीमा हुँदा पनि सरकारको ध्यान नपुगेको स्थानीय धनलाल रोकायाले बताए।

भूकम्पबाट पीडित गौमुल गाउँपालिका–२ का वाससिन्दालाई बालबालिका र वृद्धवृद्धालाई बचाउन सकस परेको छ। भूकम्पले घरभित्र पस्न  नसक्ने गरी चर्किएकाले  चिसोबाट बालबालिका र वृद्धवृद्धा बचाउन सकस परेको आँगरका भूकम्पपीडित सीता चदाराले बताइन्।

भूकम्पले घरबारविहीन भएर खोलाको किनारमा त्रिपालको रात कटाउँदै आए पनि चिसोले कठ्याङ्ग्रिएर बालबालिका बचाउन समस्या भएको उनको गुनासो छ। चिसोबाट  सुत्केरी भएकी महिला र नवजात शिशुलाई समेत चिसोबाट बचाउन समस्या भएको स्थानीयवासी गीता रोकायाले बताइन्। 

प्रकाशित: Feb 01, 2023| 18:25 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।