आइतबार, कात्तिक ३०, २०८२

'पठान' ले बनाइसक्यो १७ रेकर्ड

२५ जनवरीमा रिलिज भएको यो फिल्मले पहिलो दिनमै विश्वभरबाट १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- शाहरूख खान र दीपिका पादुकोण अभिनित फिल्म 'पठान' ले नयाँ-नयाँ रेकर्ड बनाउने क्रम जारी छ। २५ जनवरीमा रिलिज भएको यो फिल्मले पहिलो दिनमै विश्वभरबाट १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो। अहिलेसम्म पठानले १७ वटा रेकर्ड बनाइसकेको छ। 

National life

यी हुन् पठानले अहिलेसम्म बनाएका रेकर्ड
१) भारतमा हालसम्म सर्वाधिक स्क्रिनमा रिलिज हुने पहिलो फिल्म

२) पहिलो दिन बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म

३) सार्वजनिक विदा नपरेको दिन रिलिज हुँदा सर्वाधिक कमाइ गर्ने फिल्म

४) यशराज ब्यानरको सर्वाधिक कमाइ गर्ने फिल्म 

Laxmi sunrise bank
kumari

५) शाहरूख खानको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म

६) दीपिका पादुकोणको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म

७) जोन अब्राहमको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म

८) निर्देशक सिद्धार्थ आनन्दको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म

९) यशराज ब्यानरअन्तर्गत स्पाई युनिभर्सको सर्वाधिक कमाइ गर्ने फिल्म

१०) सन् २०१८ पछि पहिलो दिन ५० करोड भारूभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्म

११) सप्ताहन्तमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म 

१२) दुई दिनमा ७० करोड भारू कमाइ गर्ने पहिलो हिन्दी फिल्म

१३) भारतमा सबैभन्दा छिटो १ सय करोड कमाउने हिन्दी फिल्म

१४) भारतमा सबैभन्दा छिटो २ सय करोड कमाउने हिन्दी फिल्म

१५) भारतमा सबैभन्दा छिटो २ सय ५० करोड कमाउने हिन्दी फिल्म

१६) भारतमा सबैभन्दा छिटो तीन सय करोड कमाउने हिन्दी फिल्म

१७) भारतमा एक सातामै पाँच सय करोड कमाउने हिन्दी फिल्म 

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहम र सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख चार वर्षपछि कमब्याक गरेका हुन्। फिल्ममा शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा।

प्रकाशित: Feb 01, 2023| 19:00 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।