शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गठबन्धनको मुख्य घटक एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम वरिपरि रहेर छलफल भएको छ। बुधबार प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। 

दुई शीर्ष नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको छ। नागरिकता प्रकरणमा गृहमन्त्रीबाट हटेका रवि लामिछानेले फेरि सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

एमाले लामिछानेलाई गृहमन्त्रीमा पुनः ल्याउनुपर्ने अडानमा छ भने माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले लामिछानेविरुद्ध राहदानीलगायत विवाद कायमै रहेको दाबी गरेर गृह मन्त्रालय आफैंसँग राख्न चाहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले सात दलीय गठबन्धनको सहमतिअनुसार गृह मन्त्रालय नदिइए सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ।

प्रकाशित: Feb 01, 2023| 10:54 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...