मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिउँदे जाडोमा कठ्याङ्ग्रिएका सुदूरपश्चिमका भूकम्प पीडितको उचित व्यवस्थापन गरियोस् : नेता महर

हिउँदे जाडोमा कठ्याङ्ग्रिएका सुदूरपश्चिमका भूकम्प पीडितको उचित व्यवस्थापन गरियोस् : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पटक-पटकको भूकम्पबाट प्रभावित बनेका सुदूरपश्चिमका नागरिकको रेखदेखमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पटक-पटकको भूकम्पबाट प्रभावित बनेका सुदूरपश्चिमका नागरिकको रेखदेखमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्।

National life

कपनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको र बाचेकाहरू पनि माघको कठ्याङ्ग्रिदो जाडोमा सास्ती खेप्न बाध्य रहेकाले उनीहरूको उचित व्यवस्थापनमा सरकारको ध्यान पुग्नुपर्ने बताएका हुन्।

'केही महिना यता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक-पटकको भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको थियो। कठ्याङ्ग्रिदो जाडोमा प्रभावित क्षेत्रका जनता त्रिपाल मुनी भोकभोकै बस्न बाध्य छन्। विद्यालय भवन चर्किएका र भत्किएका कारण स्कुले विद्यार्थी हिउँले ढाकिएको मैदानमा पढ्न बाध्य छन्। तर, सरकारको ध्यान पुग्न सकेको छैन,' उनले भने।

जनताको अभिभावकका रूपमा रहेको सरकारसँग भूकम्पको क्षतिको यकिन विवरणसमेत नभएको उनको गुनासो छ। राहत र उद्धार तथा सम्भावित जोखिमसँग लड्ने पूर्वतयारी नै नदेखिएकाले सरकार जनताप्रति उत्तरदायी नदेखिएको उनले बताए।

'मानवीयतासँग जोडिएका संवेदनशील विषयप्रति गम्भीर हुन सम्माननीय प्रधानमन्त्री, सरकारमा संलग्न राजनीतिकदल र विशेष गरी विद्यार्थी जगतमा पर्न सक्ने मानसिक असरबारे ध्यान दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,' उनले भने।

kumari

प्रकाशित: Feb 01, 2023| 10:20 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।