आइतबार, चैत १५, २०८२

सुवासको परेवा पहिलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं-उन्नाइसौं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि सुवास पौडेलको परेवाले जितेको छ । उनको परेवा २३ घण्टा ४४ मिनेट उडेको थियो ।

नेपाल परेवा उडान खेल संघद्वारा आयोजित प्रतियोगितामा २२ घण्टा ५३ मिनेटमा राजकुमार बासु श्रेष्ठ तथा २१ घण्टा १० मिनेटमा गोरखशमशेर राणाको परेवा क्रमशः दोश्रो र तेश्रो भए । राणा गत दुई संस्करणका विजेता हुन् ।

शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । इरिजिन सिजख्वाको परेवा उत्कृष्ट परेवा घोषित हुँदै नगद ५ हजार पुरस्कार हात पार्यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा २७ प्रतिस्पर्धीका परेवा सहभागी थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।