मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलात्कार मुद्दामा ८१ वर्षीय आसारामलाई जन्मकैदको सजाय

बलात्कार मुद्दामा ८१ वर्षीय आसारामलाई जन्मकैदको सजाय

सन् २०१३ मा भएको घटनाबारे सो अदालतमा मुद्दा परेको थियो। एक पूर्व महिला शिष्यालाई बलात्कार गरेको आरोप आसारामलाई लागेको थियो।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

National life
kumari

काठमाडौं- भारतका कथित धर्मगुरु आसाराम बापुलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। गान्धीनगरको एक अदालतले बलात्कार मुद्दामा उनलाई सो फैसला सुनाएको हो।

सन् २०१३ मा भएको घटनाबारे सो अदालतमा मुद्दा परेको थियो। एक पूर्व महिला शिष्यालाई बलात्कार गरेको आरोप आसारामलाई लागेको थियो।

८१ वर्षीय आसाराम अहिले जोधपुर जेलमा छन्। उनी बलात्कारकै अर्को एक मुद्दाको सजाय काटिरहेका छन्। उक्त मामिलामा पनि उनलाई जन्मकैदकै सजाय तोकिएको छ। यो घटना पनि २०१३ कै हो। राजस्थानस्थित आफ्नो आश्रममा नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप पुष्टि भएपछि आसाराम जेल पुगेका हुन्। 


प्रकाशित: Jan 31, 2023| 17:11 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।