मंगलबार, वैशाख १५, २०८३

लालबन्दीका विपन्नलाई पक्की घर

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्रनारायण निधी आवास योजना अन्तर्गत नगरपालिकाका वडा नं ६, ७, ९ र १७ का अति विपन्न परिवारका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको प्रदेशसभा सदस्य बेची लुङ्गेलीले बताइन्।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

सर्लाही- लालबन्दी नगरपालिकाका अति विपन्न चार परिवारका लागि निर्माण गरिएका पक्की घर हस्तान्तरण गरिएको छ। प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत महेन्द्रनारायण निधी आवास योजना अन्तर्गत नगरपालिकाका वडा नं ६, ७, ९ र १७ का अति विपन्न परिवारका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको प्रदेशसभा सदस्य बेची लुङ्गेलीले बताइन्।

National life

उनका अनुसार वडा नं ६ का वीरबहादुर क्याप्छाकी मगर, वडा नं ७ का बिशे राई, वडा नं ९ का शम्भु बलम्पाकी मगर र वडा नं १७ का लक्ष्मी थापाको परिवारलाई पक्की घर हस्तान्तरण गरिएको हो।

चार परिवारका लागि दुई कोठाको पक्की घर, किचन, शौचालय निर्माण गरिएको तथा प्रत्येक घरमा चापाकल पनि निर्माण गरिने लुङ्गेलीले बताइन्। प्रतिपरिवार पाँच लाख ५० हजार लागतमा घर निर्माण गरिएको हो। 

आर्थिक अवस्था दयनीय रहेको तथा घाम, पानीमा ओत लाग्ने गतिलो घर नहुँदा कष्टपूर्ण जीवन निर्वाह गरिरहका आफूहरुले पक्की घर पाएपछि खुसी लागेको लालबन्दी नगरपालिका–६ का वीरबहादुरले बताए।

पानी चुहिने झुप्रो घरमा बस्दै आएकोमा लङ्गेलीको पहलबाट पक्की घर निर्माण भएपछि अत्यन्त खुसी लागेको लालबन्दी नगरपालिका–७ राईले बताए। महेन्द्र नारायणनिधि आवास योजना अन्तर्गत दोस्रो चरणमा लालबन्दी नगरपालिका ५, ६ र १० मा थप तीन परिवारका लागि घर निर्माण गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य लुङ्गेलीले जानकारी दिइन्।

kumari

प्रकाशित: Jan 31, 2023| 22:30 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।