आइतबार, चैत १९, २०७९

पठानको सिक्वेल बन्यो भने अझै मेहनत गर्छु: शाहरुख

पठानले पहिलो दिनमै विश्वभरबाट १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- शाहरूख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले बक्स अफिसमा उधुम मच्चाइरहेको छ। २५ जनवरीमा रिलिज भएको फिल्मले आज सातौं दिनसम्म पनि दैनिक सय करोड कमाइरहेको छ। 

National life insurance

पठानले पहिलो दिनमै विश्वभरबाट १०६ करोड भारू कमाउँदै सर्वाधिक कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो। बलिउड बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पाँच दिनमै ५४२ करोड भारू कमाएको छ। फिल्मले भारतीय बक्स अफिसमा ३३५ करोड र अन्य देशबाट २०७ करोड कमाएको हो। 

यसैबीच पठानका मुख्य अभिनेता शाहरुख खानले ‘पठान २’ बनेको खण्डमा आफू नै खेल्ने बताएका छन्। मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पठानको सफलतापछि मेरो परिवार निकै खुशी छन्। यदि यस फिल्मको सिक्वेल बन्यो भने म निकै मेहनत गर्छु। पठान २ मा कपाल अझै लामो बनाउँछु,’ उनले भने। 

पत्रकार सम्मेलनमा शाहरूख, दीपिका, जोन अब्राहम र निर्देशक सिद्धार्थ आनन्द उपस्थित थिए। यो पठानको पहिलो पत्रकार सम्मेलन हो। निर्माण टिमले प्रदर्शन हुनुअघि फिल्मको प्रमोसन गरेको थिएन। शाहरूखले फिल्मको व्यापारभन्दा पनि दर्शकको माया नै ठूलो उपहार भएको बताए। उनले भने, 'मलाई फिल्म हिट भएन भने पनि दर्शकले उत्तिकै माया दिन्छन्। मलाई घरका ठूला व्यक्तिले भनेका थिए- दुःखी भयौ भने आफूलाई माया गर्ने मान्छेको नजिक जाऊ। केही काम चलेन या जिन्दगीमा केही नराम्रो भइरहेको छ भने यसो गर भन्दै उपदेश दिने मान्छेको नजिक नजाऊ। म निकै भाग्यमानी छु कि मसँग लाखौं करोडौं माया गर्ने मान्छे छन्। जब म दु:खी हुन्छु, बार्दलीमा आउँछु, जब म खुशी हुन्छु त्यतिबेला पनि बार्दलीमा आउँछु।’

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ। यस फिल्ममार्फत शाहरूखले चार वर्षपछि कमब्याक गरेका हुन्। 

worldlink

प्रकाशित: Jan 31, 2023| 07:00. 00 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।