आइतबार, चैत १५, २०८२

'ए' डिभिजन लिग-एनआरटी र आर्मीको बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- शहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेल २-२ को बराबरीमा सकिएको छ । नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेल २-२ को बराबरीमा सकिएको हो ।

एनआरटीले खेलको १२ औ मिनेटमा पहिलो गोल गरेको थियो । एनआरटीका रोहित पुडासैनीले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ३८ औ मिनेट आर्मीले बराबरी गोल गर्यो। आर्मीका सन्तोष तामाङले पेनाल्टीमार्फत गोल गरेका थिए ।

त्यस्तै एनआरटीको लागि दोस्रो गोल खेलको ६४ औ मिनेटमा गरेका थिए । ५६ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गरेपनि अफसाइटका कारण गोलको मान्यता पाएन । 

इन्जुरी समय आर्मीकै सन्तोष तामाङले अर्को गोल गरेपछि खेल २/२ को बराबरीमा पुग्यो । उनले पाएको फ्री किकलार्इ सही सदुपयोग गर्दै खेल २-२ को बराबरी बनाएका छन् । एनआरटीका गोलरक्षक अजित प्रजापतिले धेरैबेर गोल हातमा होल्ड गरेपछि आर्मीले फ्री किक पाएको थियो । खेल अवधिभर आर्मीले दबाब कायम राखेपनि एनआरटीको राम्रो बचाउका कारण आर्मीका प्रहार गोल हुन सकेको थिएन ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एनआरटीका गोल किपर अजित म्यान अफ दि म्याच घोषित भए ।

घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग शनिबारबाट शुरु भएको हो। रेलिगेशन नहुने प्रावधान सहित सुरु गर्न लागिएको लिगमा १४ क्लबले करिब तीन महिना प्रतिस्पर्धा गर्नेछन् ।

९१ खेल हुने यस प्रतियोगिता करिब तीन महिनामा सम्म चल्ने छ । 


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।