सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकका ग्राहकलाई सिजी डिजिटलका सामान खरिदमा छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई सिजी डिजिटलका सामान खरिदमा छुट

माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सिजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

National life

काठमाडौं- माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सिजी डिजिटलका आउटलेटमा विशेष छुट योजना सञ्चालनमा ल्याएको छ।

जसअन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यो सुविधा बैंकका ग्राहकलाई फागुन १५ गते सम्ममात्र कायम रहनेछ। बैंकले आफ्ना डेबिट/क्रेडिट कार्ड प्रयोगकर्तालाई मध्यनजर गर्दै उक्त सुविधा सञ्चालनमा ल्याएको हो।

डिजिटल कारोबारलाई बढावा दिन बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक सुविधा प्रदान गर्दै आएको छ। साथै माछापुच्छ्रे बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य प्रतिशत इएमआइ भुक्तानीबाट पनि सिजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन्। 


प्रकाशित: Jan 31, 2023| 16:29 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्