आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अनेक विशेषतासहित आयो महिन्द्रा एक्सयूभी ७००

पछिल्लो दिनमा एकपछि अर्को नयाँ एसयूभी बजारमा ल्याइरहेको महिन्द्राले भारतमा एक्सयूभी ४०० इलेक्ट्रिक एसयूभीको बुकिङ खुल्ला गरेको थियो।
 |  मंगलबार, माघ १७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- महिन्द्राको लागि नेपालको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक्सयूभी ७०० एसयूभीको विक्री सुरु गरेको छ। कम्पनीले हिजो सोमबार साँझ एक कार्यक्रम गरी एक्सयूभी ७०० को विक्री सुरु गरेको हो।

triton college

पछिल्लो दिनमा एकपछि अर्को नयाँ एसयूभी बजारमा ल्याइरहेको महिन्द्राले भारतमा एक्सयूभी ४०० इलेक्ट्रिक एसयूभीको बुकिङ खुल्ला गरेको थियो। नोभेम्बरमा पहिलो पटक देखाएको एक्सयूभी ४०० इलेक्ट्रिक जनवरी २६ तारिखको दिन भारतमा बुकिङ खुल्ला गरिएको थियो।

एक्सयूभी ४०० ले विगतमा स्कर्पियो एन र एक्सयूभी ७०० ले पाएको जस्तै बम्पर बुकिङ पाएको महिन्द्रा एण्ड महिन्द्राले जनाएको छ। कम्पनीका अनुसार पहिलो दिन नै १० हजार यूनिट बुकिङ भएको थियो। विगत ५ दिनमा कम्पनीको बुकिङ बढ्दो क्रममा रहेको छ।

महिन्द्राले वार्षिक २० हजार यूनिट एक्सयूभी ७०० उत्पादन गर्ने लक्ष्य बनाएको छ। कम्पनीको लक्ष्य अनुसार अहिलेसम्मको बुकिङ अनुसार ७ महिनाको उत्पादन बुक भइसकेको हो।

लामो आयात प्रतिबन्धका कारण नेपाल आउन नपाएको एक्सयूभी ७०० को सुरुवाती मूल्य ७४ लाख रुपैयाँ कायम गरेर विक्री सुरु भएको हो। ५ र ७ सिटर अप्सन सहित ६ भेरियन्टमा नेपाल आएको एक्सयूभी ७०० को टप भेरियन्टको मूल्य भने १ करोड १० लाख रुपैयाँ तोकिएको छ।

Metro Mart
vianet

एक्सयूभीको वेस भेरियन्ट एएक्स ३ को मूल्य ७४ लाख, एएक्स५ को ८१ लाख र अर्काे एएक्स५ सात सिटरको ८३ लाख रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै, एक्सयूभी ७०० एएक्स ५ अटोमेटीक ५ सिटरको मूल्य ८९ लाख र एएक्स ७ मेनुअलको मूल्य १ करोड ५ लाख र एएक्स ७ अटोमेटीकको मूल्य १ करोड १० लाख रुपैयाँ निर्धारण गरेको हो।

कम्पनीले यसमा २.० लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ। पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी ७०० जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ। यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस पावर तथा ३८० एनएम टर्क प्रदान गर्छ।

सुरक्षाको हिसावले पनि एक्सयूभी ७०० उत्कृष्ट रहेको छ। क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एक्सयूभी ७०० ले सन् २०२२ को ग्लोवल एनक्यापले प्रदान गर्ने ‘सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको छ। ग्लोबल एनक्यापले निर्धारण गरेको ६६ अंकमा ५७.६९ अंकसहित महिन्द्रा एक्सयूभी ७०० ले सेफर च्वाइस अवार्ड जित्न सफल भएको हो।

एक्सयूभी ७०० को सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ।

कम्पनीले यसलाई प्रिमियम बनाउन ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र पानारोमिक सनरुफ जस्ता फिचर प्रदान गरेर गाडीलाई लोभलाग्दो बनाएको छ।

एक्सयूभी ४०० इलेक्ट्रिक

महिन्द्राले एक्सयूभी ४०० को सुरुवाति मूल्य १५ लाख ९९ हजार भारतीय रुपैयाँ तोकेर बुकिङ लिएको यो इलेक्ट्रिक एसयूभी आगामी मार्चबाट ग्राहकलाई हस्तान्त्रण गर्ने जनाएको छ। भारतमा विक्री सुरु भएसँगै एक्सयूभी ४०० पनि नेपाल आउने छ।

महिन्द्राको सब फोर मिटर एक्सयूभी ३०० बाट प्रेरित यो इलेक्ट्रिक एसयूभी साइजमा भने ठूलो छ। एक्सयूभी ४०० को लम्बाई ४२०० एमएम, चौडाई १८२१ एमएम, उचाई १६३४ एमएम रहेको छ। यसमा २६०० एमएमको ह्वीलवेस पाउन सकिन्छ।

महिन्द्राले एक्सयूभी ४०० मा दुई ब्याट्री अप्सन दिएको छ। जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ। यसमा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ। यी दुबै ब्याट्रीले ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्न सक्ने छन्। यसमा ११० किलोवाट क्षमताको मोटर रहेको छ।

एक्सयूभी ४०० लाई ५० किलोवाटको चार्जरले चार्ज गर्दा ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्ने कम्पनीको भनाई छ। यसलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ। त्यस्तै ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ।

सेफ्टी फिचरको मामलामा पनि महिन्द्रा एक्सयूभी ४०० उत्कृष्ट रहेको छ। यसमा हाइस्ट्रेन्थको स्टीलका थुप्रै सेफ्टी फिचर स्ट्याडर्ड फिचरको रुपमा पाउन सकिन्छ। यो एसयूभीले ५ स्टार रेटिङ पाउनेमा कम्पनीको अपेक्षा छ।

प्रकाशित: Jan 31, 2023| 18:00 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्