मंगलबार, वैशाख ३०, २०८२

'पठान'ले ५ दिनमै कसरी कमायो ५०० करोड?

यो फिल्मले पाँच दिनमै ५०० करोडभन्दा बढी कमाइसकेको छ। यही खुसीको प्रतिक्रियामा शाहरुखले माथिको कुरा भनेका हुन्। 'पठान'ले बक्स अफिसमा रेकर्ड बनाउने क्रम जारी छ।
 |  मंगलबार, माघ १७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

vianetvianet

'मैले चार दिनमा पछिल्ला चार वर्ष भुलिसकें।' आफ्नो पछिल्लो फिल्म 'पठान' सुपरहिट भएपछि शाहरुख खानले भनेको कुरा हो यो। 'पठान'बाट शाहरुख चार वर्षपछि ठूलो पर्दामा फर्किएका हुन्।

triton college

यो फिल्मले पाँच दिनमै ५०० करोडभन्दा बढी कमाइसकेको छ। यही खुसीको प्रतिक्रियामा शाहरुखले माथिको कुरा भनेका हुन्। 'पठान'ले बक्स अफिसमा रेकर्ड बनाउने क्रम जारी छ। 

किन सफल भयो पठान?

शाहरुखको फिर्ती
डिसेम्बर २०१८ मा शाहरुख खानको फिल्म 'जिरो' रिलिज भएको थियो। २०० करोडमा बनेको यो फिल्मले बक्स अफिसमा १८६ करोडमात्र कमाउन सक्यो। शाहरुख भन्छन्-'जिरो'पछि  मेरो आफैंमाथि भरोसा टुट्यो। म कैयौंपल्ट आफैंसँग डराएँ पनि।' चार वर्ष ठूलो पर्दाबाट टाढा भएर 'पठान'मार्फत फिर्ता आएपछि उनले मजाक गरे- मेरो पछिल्लो फिल्म चलेन। कतिपयले मेरो  कुनै फिल्म अब चल्दैन पनि भने। मैले करिअरको अर्को विकल्प खोज्न समेत सुरु गरेको थिएँ। मैले खाना बनाउन सिकें।'

चार वर्षपछि सेतो पर्दामा फर्किएका शाहरुखलाई दर्शकले निराश बनाएनन्। फिल्म ट्रेन्ड समिक्षक कोमल नाहाटा भन्छन्– लामो समय शाहरुख पर्दाबाट टाढा रहे। 'पठान' सफल हुनुको एउटा कारण यो पनि हो। शाहरुख पर्दामा फर्किएसँगै उनीमाथि सबैको माया खनियो। अर्को कुरा कोरोनाकालमा सिनेमा हल बन्द रहे। महामारीपछि मानिसलाई यस्तो फिल्मको प्रतीक्षा थियो, जसले पूरै फिल्म उद्योuको परिदृष्य बदल्न सकोस् र जुन फिल्म परिवार, साथीभाइका साथ समूहमा हेर्न सकियोस्। यहीबीचमा दक्षिण भारतीय फिल्मले राम्रो कमाइ गरे। तर, हिन्दी फिल्म कुनै यस्तो आएन, जसमा मसला र मनोरञ्जनको सही डोज होस्। यस्तो अवस्थामा 'पठान' मसला र मनोरञ्जनसहित आयो अनि मानिसहरु खुलेर हलमा ओइरिए। 

National life insurance

विवादको फाइदा 
'पठान' यस्तो फिल्म हो जुन निर्माण घोषणादेखि नै विवादमाआयो। विवादै–विवादको घेरामा छ पठान। यो फिल्मलाई जति टार्गेट अहिलेसम्म सायदै कुनै फिल्मलाई गरिएको थियो। 

केही महिनाअघि यो फिल्मको टिजरसमेत रिलिज नहुँदै विरोध सुरु भएको थियो। दीपिका पादुकोणको बेसरम गीत सार्वजनिक भएपछि त यो विरोध उत्कर्षमा पुग्यो। ह्यासट्याट बाइकट बलिउड अभियान चलाइयो। विवाद सुरु भयो बेसरम गीत रिलिजसँगै। यो गीतमा दिपिका पादुकोणले अलग अलग रंगको बिकिनी लगाएकी छन्।

यसमध्येको एउटा हो सुन्तला रंग। मानिसहरुलाई लाग्यो– गीतले सुन्तला रंगलाई बेसरम रंग भन्यो। सुन्तला रंग नै किनरु अरु रंग देखाउन सकिँदैनथ्योरु रंग प्रयोग गर्नु ठिक छ तर त्यसलाई बेसरम किन भन्नुरु बेसरम गीतले हिन्दू धर्मावलम्बीको भावनामा ठेस पुगेका कारण हटाउन समेत माग गरियो। 

माग उठ्दैमा गीत हटाइएन फिल्मबाट। बरु यो गीत करोडौं दर्शकमा पुग्यो। अर्को नतिजा सिनेमा हलमै देखियो। थुप्रै दर्शक हलभित्रै यो गीतमा नाचेका-झुमेका देखिए। वास्तवमा शाहरुखका फ्यानले बाइकटका अभियानकर्तालाई ठेंगा देखाइदिए। यस्तै विवाद ब्रम्हास्त्र फिल्मको बारेमा पनि उठेको थियो तर त्यसले फल्मलाई कुनै असर परेन। ब्रम्हास्त्रले ४०० करोडभन्दा बढी कमायो।  

शाहरुखको मौनता
सन् २०१७ मा इन्डिया टुडे कन्क्लेभका क्रममा शाहरुख खानलाई प्रश्न सोधियो- तपाईं मुस्लिम हुनुहुन्छ। मान्नुस् कि तपाईं शेखर कृष्णा हो... शाहरुखले एक सेकेन्ड पनि नअड्की जवाफ दिए- शेखर राधा कृष्णा... एसआरके। यो भिडियो निकै भाइरल भयो सामाजिक सञ्जालमा। शाहरुख चटपट प्रश्नको झटपट जवाफ दिन माहिर छन्। तर पछिल्लो दुई वर्षयता उनी चुप छन्। छोरा आर्यन खानको गिरफ्तारी होस् वा लता मंगेशकरको पार्थिक  शरीर नजिक प्रार्थना गर्दा थुकेकोआरोप लाग्दा। दिनरात सोसल मिडियामा बाइकट झेल्दा पनि शाहरुख चुप रहे। शाहरुख कहिल्यै पनि सार्वजनिक मञ्च वा मिडियामा रिसाएका देखिएनन्, विवादास्पद अभिव्यक्ति दिएनन्। दर्शकले यो कुरा नोटिस गरिरहेका थिए। शाहरुखको यो धैर्यताको नतिजा पनि हो पठानको सफलता। 

ग्लोबल छवि
भारतीय फिल्मका दर्शक विश्वभर छन्। यसको सुरुवात राज कपूरकै पालामा भएको हो। रुसमा प्रख्यात थिए राज कपूर। अहिले यस्तो सूची लामो छ र त्यसको अगाडि नै आउँछन् शाहरुख खान। पठानले भारतमा जति कमाइरहेको छ लगभग उति नै पैसा विदेशमा पनि कमाइरहेको छ।

यशराज  फिल्म्सका अनुसार पठानले सुरुवाती पाँच दिनमा भारतबाहिर २०८ करोड कमाएको छ। यसअघि पनि शाहरुखका फिल्मले भारतमा भन्दा बढी विदेशमा कमाएका उदाहरण छन्। फिल्म समीक्षक कोमल नाहाटा भन्छन्- शाहरुखको अन्तर्राष्ट्रिय छविका कारण पनि पठान सफल भएको हो। फिल्ममा शाहरुख र दीपिका दुवै इन्टरनेसनल लेभलका देखिएका छन्।

यशराजको रणनीति

पठान रिलिज हुनु केही दिनअघिको कुरा हो। फिल्मका एक मुख्य कलाकार जोन अब्राहम कुनै कार्यक्रममा बोलिरहेका थिए। त्यहीक्रममा जोनलाई पठान फिल्मको बारेमा पनि सोधियो। जोनले प्रश्नको बेवास्ता गर्दै अर्को प्रश्न सोध्न आग्रह गरे। खासमा यो पठान प्रचारको एउटा रणनीति थियो। अरु फिल्मजस्तो पठानका कलाकार मिडियामा अन्तर्वार्ता दिँदै हिँडेनन्। 

यशराजको फिल्ममा सधैं राष्ट्रवादको एउटा खुराक हुन्छ। राजनीतिक हिसाबले पनि यशराजका फिल्म ब्यालेन्समा हुन्छन्। उसको अर्को रणनीति कलाकारलाई निष्क्रिय राख्नु पनि हो। यसपालि पनि त्यस्तै भयो। पठानको प्रमोसनमा कलाकारहरु कतै गएनन्। प्रचार अति भयो भने दर्शक फिल्म हेर्न जाँदैनन् भन्ने थाहा छ यशराज कम्पनीलाई।

अर्को महत्वपूर्ण कुरा पठान रिलिजको समय पनि हो। फिल्म २५ जनवरीमा रिलिज भयो। त्यसको भोलिपल्ट स्वतन्त्रता दिवस अनि शनिबार र आइतबार लगातार छुट्टी।  परिणाम- पठानले दुई दिनमै यति कमायो कि कतिपय फिल्मले जिन्दगीभर कमाउन सक्दैनन्। बाइकट अभियानका बारेमा पनि पठानका कलाकार र निर्माताहरु चुप रहे। यो अर्को रणनीति थियो यशराजको।

प्रकाशित: Jan 31, 2023| 15:18 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।