सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी

अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी

 |  बिहीबार, जेठ १४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १४, २०८३

काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्।

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

भेटमा अर्थमन्त्रीले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे।
अर्थमन्त्रीले भोली (जेठ १५ गते) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन्। बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।

प्रकाशित: May 28, 2026| 20:05 बिहीबार, जेठ १४, २०८३
प्रतिक्रिया दिनुहोस्