आइतबार, चैत १५, २०८२

नेपाल भारतसँग १७१ रनले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । शनिबार भएको यू–१९ एशिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनले पराजित भएको हो ।

३०४ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा १३३ रनमा समेटिएको थियी । पहिलो विकेटका लागि राजेन्द्र साह र रवि साहले ३१ रनको साझेदारी गरेको थिए । नवौं ओभरको पहिलो बलमा राजेन्द्र ११ रनमा आउट हुँदा अर्को ओभरमा रवि पनि व्यक्तिगत १६ रनको स्कोरमा आउट भए ।

त्यसपछि कप्तान आसिफ शेख र सन्दिप जोराले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । टिमको स्कोर ६० हुँदा तेस्रो विकेटका रुपमा सन्दीप २० रन बनाएर आउट भए ।

रोहित पौडेल र कप्तान आसिफले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो । यो नै नेपालको उच्च साझेदारी हो । कप्तान आसिफले २५ र रोहितले २४ रन बनाए ।

नेपालको बाँकी ६ जना ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् । दुई खेलाडी शून्यमै आउट भएका थिए । बलिङतर्फ भारतका सिद्धार्थ देसाइ र हर्ष त्यागीले तीन तीन विकेट लिए ।

यसअघि बंगलादेशको साभारस्थित मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३०४ रन बनाएको थियो । भारतका लागि यशाभी जैसवालले १०४ रनको शतकीय योगदान दिए । यस्तै प्राव सिमरन सिंहले ८२ रन बनाए भने आयुष बादोनीले ३० तथा देबदत्त पादिक्कलले ३० रन जोडे ।

बलिङतर्फ भीम शार्कीले ४ विकेट लिँदा राशिद खानले दुई विकेट हात पारे । यस्तै कमलसिंह ऐरी, सागर ढकाल र सन्दिप जोराले १–१ विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।