मंगलबार, वैशाख १५, २०८३

वृद्धभत्ताको पैसा नदिएपछि आमाकै हत्या

वृद्धभत्ताको पैसा नदिएपछि कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

धनगढी- वृद्धभत्ताको पैसा नदिएपछि कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।

National life

मंगलबार लम्कीचुहा नगरपालिका–६ का ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई बञ्चरो प्रहार गरेर हत्या गरेका कैलाली प्रहरीले जनाएको छ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते लगनीदेवीको धनगढीको नवजीवन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। श्रीरामले वृद्धभत्ताको रकम नदिएको भन्दै आमालाई बञ्चरोले ढाड र खुट्टामा प्रहार गरेका थिए।

प्रहरीले श्रीरामलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ। श्रीराम यसअघि पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 31, 2023| 13:33 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।