शनिबार, असोज ३, २०८३

ए डिभिजन लिग: आर्मी र एनआरटीको पहिलो गोल एकएकको बराबरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- करिब पाँच बर्ष स्थगित रहेको पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले  र त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो गोल गरेको छ। 

एनआरटीले खेलको १२ औ मिनेटमा पहिलो गोल गरेको थियो । एनआरटीका रोहित पुडासैनीले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ३८ औ मिनेट आर्मीले बराबरी गोल गर्यो। आर्मीका सन्तोष तामाङले पेनाल्टीमार्फत गोल गरेका थिए ।

घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन लिग शनिबारबाट शुरु भएको हो। रेलिगेशन नहुने प्रावधान सहित सुरु गर्न लागिएको लिगमा १४ क्लबले करिब तीन महिना प्रतिस्पर्धा गर्नेछन् ।

९१ खेल हुने यस प्रतियोगिता करिब तीन महिनामा सम्म चल्ने छ । प्रतियोगिताको पहिलो खेलमा उत्रदै गर्दा दुवै टोलीको लक्ष्य सफल सुरुवात गर्ने नै छ। 

एनआरटीका प्रशिक्षक महेश्वर पन्थीले करिब एक महिनामात्र तयारी गर्न पाएकाले सोचे अनुसारको अभ्यास गर्न नपाएको बताउँछन् । मोफसल र काठमाडौंका सामान्य खेलाडीलाई समावेश गर्दै टोली बनाईएको उल्लेख गर्दै उनले उद्घाटन खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताए ।

यता, पुर्व राष्ट्रिय खेलाडी नविन न्यौपानेले यसै ए डिभिजन लिगबाट प्रशिक्षकको रुपमा डेब्यु गर्दैछन् । लामो समयबाट अभ्यास र तयारीमा रहेको टोलीबाट उनले उपाधि जित्ने लक्ष्य लिएका छन् ।

‘पहिलो पटक प्रशिक्षकको जिम्मेवारी ए डिभिजन लिगमा निभाउदैछु । एक पटक समेत लिग नजितेको आर्मीलाई उपाधि जिताउनु मेरो मुख्य लक्ष्य हुनेछ ।’ उनले भने, ‘आर्मीले स्वभाविक खेल खेल्छ । तर राम्रा खेलाडीबाट नतिजा राम्रो निस्कने अपेक्षा गरेको छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।