आइतबार, कात्तिक १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ : गोकुल बाँस्कोटा

खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ : गोकुल बाँस्कोटा

नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले मुलुकको खेलक्षेत्रको राष्ट्रिय नीतिका तयार गर्नुपर्नेमा जोड दिए।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

मोरङ- नेकपा (एमाले)  स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले खेलकुद क्षेत्रको सुधार गरी उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

Kumaribank

नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले मुलुकको खेलक्षेत्रको राष्ट्रिय नीतिका तयार गर्नुपर्नेमा जोड दिए।

उनले खेलाडीको सुविधा र व्यवस्थापनका सम्बन्धमा आवश्यक सुधार गरी अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्नु आजको आवश्यकता रहेको विचार राखे। नेता बाँस्कोटाले भने, ‘खेलकुद राष्ट्रिय गौरव, अन्तर्राष्ट्रिय पहिचान र आर्थिक कारोबार गर्ने ठाउँ भएकाले यसलाई राजनीतिबाट मुक्त गर्नुपर्छ।’

महासङ्घका संयोजक पर्शुराम बस्नेतले आगामी फागुन ७ गते विराटनगरमा हुने दोस्रो अधिवेशनका लागि दुई सय १६ सदस्यीय केन्द्रीय कमिटी रहेको मूल व्यवस्थापन समिति र १५ वटा उपसमितिका संयोजक गठन गरेको जानकारी दिए। एमाले अध्यक्ष केपी शर्माले महाधिवेशनको उद्घाटन गर्ने बाँस्कोटाले जानकारी दिए।


Metro Mart

प्रकाशित: Jan 30, 2023| 20:46 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।