मंगलबार, चैत १४, २०७९

प्रधानमन्त्रीलाई भेटेपछि गभर्नरसँग छलफल गरे मेयर बालेनले

निजी सम्पत्तिमा महानगरले क्षति पुर्‍याएको भन्दै आन्दोलनसमेत भइरहेको छ। यस्तो अवस्थामा मेयरले संघीय सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। सोमबार राष्ट्रिय सभागृहमा उनीहरूबीच भेटवार्ता भएको हो।

National life insurance

भेटमा स्थानीय सरकार मातहतमा रहेका सहकारी संस्थालगायत वित्तीय संस्थाहरूको विषयमा छलफल भएको बताइएको छ। आगामी दिनमा आवश्यक समन्वय, सहकार्य र छलफल गरेर अगाडि बढ्ने सहमति मेयर र गभर्नरबीच भएको छ।

आजै मेयर शाहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेका थिए। प्रम निवास बालुवाटारमा भएको भेटमा उनले प्रधानमन्त्रीसँग महानगरले गरिरहेका काममा सहयोगका लागि आग्रह गरेका थिए। 

पछिल्लो समय मेयर शाहका कामकारबाहीलाई लिएर काठमाडौंका बासिन्दाले विरोधसमेत गरिरहेका छन्। निजी सम्पत्तिमा महानगरले क्षति पुर्‍याएको भन्दै आन्दोलनसमेत भइरहेको छ। यस्तो अवस्थामा मेयरले संघीय सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्।

शाहले सुकुम्बासी बस्ती हटाउन संघ सरकारको सहयोग माग गर्दै गृह मन्त्रालयमा केही समयअघि पत्रसमेत पठाएका थिए भने निवर्तमान गृहमन्त्री रवि लामिछानेसँग भेटेरै कुराकानी गरेका थिए।

worldlink

प्रकाशित: Jan 30, 2023| 03:13. 47 सोमबार, माघ १६, २०७९