मंगलबार, असार १७, २०८२

वामदेव र रावल नेकपा एसमै आउने घनश्याम भुसालको ठोकुवा

नेकपा एसले मुलुकमा एकीकृत वाम नेतृत्व गर्ने र यसमा धेरै कम्युनिस्ट नेताहरू जोडिने भुसालको तर्क।
 |  सोमबार, माघ १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

vianetvianet

काठमाडौं–  नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य एवं महासचिव घनश्याम भुसालले एमालेबाट तिरस्कृत वामदेव गौतम र नेता भीमबहादुर रावल समाजवादीमा आउनै लागेको बताएका छन्। 

सोमबार बुटवलमा उक्त पार्टी निकट नेताहरुले राखेको अन्तरक्रियामा सहभागी भुसालले कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव र रावललाई नेकपा एसमा भित्र्याउन वार्ता भइरहेको बताएका हुन्।

नेकपा एसले मुलुकमा एकीकृत वाम नेतृत्व गर्ने र यसमा धेरै कम्युनिस्ट नेताहरू जोडिने उनले दाबी गरे। ‘अब एजेन्डाका आधारमा उहाँहरू अन्त जाने ठाउँ छैन। म अन्त ठाउँ नभएर यहाँ आएँ। उहाँहरु (वामदेव, रावल) लाई ल्याउन वार्ता भइरहेका छ’, उनले भने।

भुसालले विचार, सिद्धान्त र मुद्दाका आधारमा जनतालाई गोलबद्ध गर्दै कम्युनिष्ट पार्टी निर्माणमा जुट्ने उद्घोष गरे। नेकपा एसले तत्कालीन एमालेको नवौं महाधिवेशनले पारित गरेको नीति, विचार र सिद्धान्तलाई अंगीकार गरेकाले आफू समाहित भएको उनको भनाइ छ।

उनले नेकपा एस तत्काल कोही कसैसँग ढल्कने, टाँसिने गरी अगाडि नबढ्ने दाबी गरे। २१–२२ माघको केन्द्रीय कमिटीको बैठकले महत्त्वपूर्ण निर्णय गर्ने भुसालले बताए।

प्रकाशित: Jan 30, 2023| 13:22 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...