मंगलबार, चैत १४, २०७९

सहिदको बलिदान गणतन्त्रको प्रतिफल : प्रधानमन्त्री प्रचण्ड

सहिद दिवस राजनीतिक दलका लागि राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन प्रेरणा स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिदको त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक परिवर्तन हुँदै आएको बताएका छन्। उनले २००७ देखि २०६३ सम्मको संघीय लोकतान्त्रिक गणतन्त्र आउनुमा सहिदको योगदान अतुलनीय रहेको स्मरण गरे। 

National life insurance

सोमबार सहिद दिवस अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शालिकमा माल्यार्पण गरे। सहिदले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने र देश अनि जनताका निम्ति, प्रगति एवं समृद्धिका लागि आफ्नो प्राण दिनेहरु अमर र अजर रहने उनको भनाइ छ।

राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन  सहिद प्रेरणाको स्रोत बनेको प्रधानमन्त्री प्रचण्डको धारणा छ।

१६ माघलाई स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई सहिदको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने उनले आवश्यकता औंल्याए।

worldlink

‘आजको दिनमा सहिदको सम्मानसहित सबैले देश विकासका लागि संकल्प गर्नुपर्छ। हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रुपमा अभ्यास गरिरहेका छौं, यसका पछाडि सहिदको त्याग र बलिदान अतुलनीय छ,’ उनले भने।

सहिद दिवस सहिदका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैका निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन भएको प्रधानमन्त्री प्रचण्डले बताए।


प्रकाशित: Jan 30, 2023| 11:43. 13 सोमबार, माघ १६, २०७९