सोमबार, चैत २, २०८२

इन्डोनेसियामा भूकम्प र सुनामी, ३८४ को मृत्यु (तस्बिरसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
जाकार्ता- इन्डोनेसियाली द्वीप सुलवेसीमा शुक्रबार आएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या तीन सय ८४ पुगेको छ।

७.५ म्याग्निच्यूटको भूकम्प आउँदा पाँच फिट अग्लो समुद्री सुनामी (शक्तिशाली समुद्री उछाल)ले पालुवा र डोंगला शहरको बस्ती बगाइदिएको छ। भूकम्प प्रभावित क्षेत्रमा विद्युत र सञ्चार सेवा अवरुद्ध छ। शक्तिशाली कम्पनले शहरलाई निरन्तर धक्का दिइरहेको छ। हजारौं घर, अस्पताल, मस्जिद, होटेल र हजारौं किनमेल केन्द्रहरू भत्किएका छन्। 

Dozens of patients sit and lie outside a hospital as medical teams try to help them

उद्धार एजेन्सीका प्रवक्ता सुतोपो पुर्वको नुगरोहोले भूकम्पले पुर्‍याएको क्षतिबारे यकिन विवरण ‌‌‌‌‌‌‌‌संकलन गर्न कठिनाइ भइरहेको बताए। पालुको विमानस्थल बन्द गरिएको छ। पहिरोको कारण पालु शहर जाने प्रमुख बाटो अवरुद्ध भएको छ। 

अमेरिकी भूगर्भ सर्वेक्षण विभागले डोगंलाको सुलावेसी शहरभन्दा उत्तरपूर्वमा १० किमिदेखि ५६ किमि गहिराइमा भूकम्प केन्द्रित हुँदा सुनामीसमेत ल्याएको जनाएको छ। सामाजिक सञ्जालमा भाइरल हुँदै गरेको भिडियोमा मानिसहरू चिच्याएर आत्तिँदै भागिरहेको देख्न सकिन्छ। बिजुली आपूर्ति अवरुद्ध भएको कारण उद्दार कार्यमा बाधा उत्पन्न भएको छ।

गत ५ अगस्टमा लोम्बोक टापुमा विनासकारी भूकम्प जाँदा चार सय ६० भन्दा बढी मानिसको ज्यान गएको थियो।


A woman cries following an earthquake and a tsunami in Palu, Sulawesi island, 29 September 2018

Indonesian soldiers load emergency supplies into a Hercules military plane before heading to Palu

People walk near the ruins of a shop at the beach

A collapsed hospital in Palu, Indonesia

तस्बिर : बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।