मंगलबार, चैत १४, २०७९

पत्रकार दामोदर न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ लोकार्पण भएको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- पत्रकार दामोदर न्यौपानेको नवौं कृति ‘घरको शिक्षा’ लोकार्पण भएको छ। कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा शिक्षाविद् डा। विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी, पुस्तकका प्रमुख पात्र लेखक न्यौपानेका छोरा हार्दिक न्यौपाने लगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

National life insurance

अञ्जु भट्टराईले घर संस्कार सिकाइको पहिलो पाठशाला भएकाले शिक्षामा संस्कार जोडिनुपर्ने बताइन्। उनले भनिन्, ‘बालबालिकाले घरबाटै संस्कार सिक्छन्। यसका लागि अभिभावक नै सचेत हुनुपर्छ। पुस्तकको प्रमुख पात्र हार्दिक न्यौपाने मेरो आफ्नै विद्यार्थी हुनुहुन्छ। उहाँको बुबासँग सधैं भेट भइरहन्छ। उहाँले हार्दिकको चाहना बुझ्दै सधैं उहाँलाई सहयोग गर्नुहुन्छ। यसरी संवेगात्मक विकासमा सहयोग पुर्‍याउनु बालचाहना अनुसार लेखिएकाले सबै वर्गका लागि उक्त पुस्तक पठनीय छ।’

शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले ‘घरको शिक्षा’ पुस्तक अभिभावक शिक्षाका लागि अमूल्य रत्न रहेको बताए। उनले भने, ‘पुस्तक शिक्षक र अभिभावक सबैले पढ्नुपर्ने रहेछ। बच्चाको असीमित चाहना हुन्छ। यस्तो अवस्थामा बालबालिकासित हामीले कस्तो व्यवहार गरेका रहेछौं, पुस्तकले आत्ममूल्यांकन गर्न सहयोग पुर्‍याउने रहेछ।’

पुस्तकबारे बोल्ने क्रममा विजय ज्ञवालीले सबैले सुरक्षित मानिएको घर किन असुरक्षित छ भन्ने कुरा लेखकले अप्रत्यक्ष तरीकाले पुस्तकमा देखाएका बताए।

मैले पुस्तकलाई बाबाको आँखाबाट पनि पढें। यसले  बाबाको हृदय बुझ्न मद्दत पुर्‍याउने रहेछ। शिक्षक, अभिभावक र विद्यार्थी सबैले पढ्नुपर्ने रहेछ। हामी घरलाई सबैभन्दा सुरक्षित ठाउँ मान्छौ। तर, कोरोना संक्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा सबैभन्दा सुरक्षित मानिएको घरमै धेरै बालबालिकाले आत्महत्या गरे। लेखकले घर किन असुरक्षित भन्ने कुरा अप्रत्यक्ष तरीकाले देखाएका छन्। सिकाइ र संस्कारसँग बालबालिकालाई जोड्न नसक्दा हुने यस्ताखाले सम्भावित घटना दोहोरिन नदिन अभिभावक सचेत हुनुपर्ने रहेछ।’

worldlink

प्राडा विद्यानाथ कोइरालाले पुस्तकले किताब मात्रै बोक्ने प्रवृत्तिको निरुत्साहित गर्दै बालमनोविज्ञान बुझेर अभिभावकले बाल सिकाइमा अगाडि बढ्नुपर्ने बताए। हामी बालबालिकामाथि आफ्नो इच्छा लादिरहेका हुन्छौं। बच्चा चुलबुले हुन्छन्। उनीहरूको सिकाइ विशृंखिलत हुन्छन्। तर, हामी एकोहोरो किताब रटाइरहेका हुन्छौं। यस्तो अवस्थामा पुस्तकभन्दा आफ्नै तरीकाले सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट किताबभन्दा धेरै ज्ञान दिन सकिने रहेछ।’

लेखक न्यौपानेले संस्कारहीनताको कारणले शिक्षा नीति असफल भएको बताए। उनले भने, ‘संस्कारहीनताको कारणले समाज भाँडिएको छ। त्यसलाई ठिक ठाउँमा ल्याउन पुस्तक लेखेको हुँ। हामीले बालबालिकालाई घरबाटै संस्कार सिकाउनुपर्छ। हिंसात्मक वातावरणमा हुर्काएका नानीहरू सामाजिक हुन सक्दैन।’

यसअघि न्यौपानेका एम्बुसमा ६ वर्ष, कर्मः सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट सो, स्वर्णिम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ र दासप्रथाको नयाँ रूप प्रकाशित छन्। पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो। 

प्रकाशित: Jan 29, 2023| 06:00. 00 आइतबार, माघ १५, २०७९

थप समाचार

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?

दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन्। वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका...

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।