आइतबार, जेठ ३, २०८३

नागरिकता लिएलगत्तै फेरि पार्टी सभापति बने रवि लामिछाने

आज काठमाडौं प्रशासन कार्यालय पुगेर पुन: नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रवि लामिछानेलाई सभापतिको जिम्मेवारी दिने राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेको छ। 

National life

आज काठमाडौं प्रशासन कार्यालय पुगेर पुन: नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए। कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले उनलाई राजीनामाको ४८ घण्टा नबित्दै सभापतिमा लामिछानेलाई पुन:स्थापित गरेको छ। शुक्रबार अर्याल रास्वपाको कार्यवाहक सभापति बनेका थिए ।

गत शुक्रबार सर्वोच्च अदालतले पुनः प्रक्रिया पुर्‍याएर नेपाली नागरिकताको प्रमाणपत्र नलिएको भन्दै लामिछानेको सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेसँगै पार्टी सभापतिबाट अलग भएका थिए।

तर, आइतबार बिहान कार्यालय खुलेसँगै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएका थिए। निस्सा बुझाएको केही समयमै उनले पुन नेपाली नागरिकताको प्रमाणपत्र लिए। त्यसपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई पार्टीको सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो। 

 

प्रकाशित: Jan 29, 2023| 17:20 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...